१ श्रावण २०८३, शुक्रबार

उपचारको क्रममा भारतको मुम्बईमा छु , देशको राजनीति नियाल्दै छु

एसीपी संवाददाता

१ पुष २०८१, सोमबार ११:३६ मा प्रकाशित

मुम्बई –  उपचारको क्रममा भारतको मुम्बईमा छु ,अहिले स्वास्थमा धेरै उल्लेखनीय सुधार भएको छ।अब केही समयको उपचार पछि स्वदेश फर्कने छु।मेरो स्वास्थ्यको बारेमा चिन्ता चासो लिनु हुने सबैमा हार्दिक आभार / धन्यवाद प्रकट गर्न चाहन्छु। देशमा हाल देखियको बिकृती र बिसङ्गतीको अन्त्य हुनुको सट्टा दिनप्रतिदिन समस्याको चक्रब्युहमा मुलुक भासिदै गएको छ। सरकार राष्ट्रीय मुद्दा र समस्याहरुमा केन्द्रीत हुनुको सट्टा ब्यक्तिगत प्रतिशोध सांध्न ब्यस्त छ।अहिलेको ब्यबस्था र प्रणालीबाट मुलुक बन्न पनि सक्दैन र बच्न पनि निकै गाह्रो छ।भ्रष्ट ब्यबस्था र शासकहरुले देशलाई खोक्रो पारिसकेका छन।यो बेलामा तमाम राष्ट्रबादी ,प्रजातन्त्रबादी, हिन्दुबादी, राजाबादिहरु चुप लागेर मुकदर्शक भएर बस्नु हुदैन।अब सबै शक्तिहरु एक ठाउँमा आएर मुलुक जोगाउन आन्दोलन गर्न ढिलाई गर्नु हुदैन। राप्रपाको बस्नलागेको कार्यसम्पादन समित बैठकमा यो बारेमा गम्भीर छलफल हुनुपर्छ । समान बिचार भएका राजनितिक दल, संघ संगठन, अभियान /अभियन्ताहरु सङ्ग बार्ता /छलफल गरि एकताबद्द भै अघि बढ्ने बातावरण राप्रपाले तत्काल बनाउनु पर्छ । अब यसको अगुवाई राप्रपाले नै गर्नुपर्छ । हामी फराकिलो ढङ्गले देशलाई केन्द्रमा राखेर बुद्दिमतापुर्बक अघि बढ्नुको बिकल्प छैन।सानातिना कुरामा अल्झिने,पुर्बाग्रह र संकिर्णता बोक्ने छुट हामिलाइ छैन। एकताबद्द हुँदै अघि बढौ। हाम्रो बिचार र बाटो नै मुलुकको लागि सुहाउदो छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x