१ श्रावण २०८३, शुक्रबार

बामदेव गौतमलाई एकीकृत समाजवादी भित्र्याउन खेल

एसीपी संवाददाता

४ पुष २०८१, बिहीबार १०:१७ मा प्रकाशित

राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा भित्र्याउन जोडबल गरिरहेका छ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले वामदेवलाई पार्टीमा भित्र्याउने र वरिष्ठ नेता बनाउने निर्णय गरिसकेको बताइएको छ । वामदेव पनि एकीकृत समाजवादीमा आउने कुरामा सकारात्मक देखिएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वामदेवबीच भोलि (बिहीबार) भेटवार्ता हुने मिति तय भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्ने सन्दर्भमा भोलि दुई नेताबीच छलफल भएर टुङ्गिने बताइएको छ ।

नेता गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई अंगिकार गर्ने शर्तमामात्रै आफू सो पार्टीमा आउने सन्देश पठाएका छन् । एकीकृत समाजवादीमा ठूलो पंत्ति जबजको पक्षधर छन् । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालको जबजलाई स्वीकार गर्न नसकिने मत छ ।

वामदेवले एमालेमा फर्किन ठूलो जोडबल गरेपनि केपी शर्मा ओलीले भाउ नदिँदा अन्ततः उनी एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । वामदेवले आफूहरुलाई एमालेले स्थान नदिएको गुनासो गर्र्दै आएका थिए । आफूले एमालेमा आउन चाहेको भनी प्रस्ताव राख्दा महासचिव शंकर पोखरेलले अब कोशिस नगर्नु भनेर जवाफ दिएको उनले बताउँदै आएका थिए ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार मलाई उहाँहरुले कुनै पनि हालतमा, पहिलो आवश्यक्ता छैन, बुढो हुनुभयो । फेरि हामी उहाँलाई लाइक गर्दैनौं । अब तपाईँहरुले वामदेवलाई ल्याउने कोशिस नगरे हुन्छ भनेर मेरा साथीहरु वामदेवसहित हामी पार्टीमा आउन चाहन्छौं भन्न गएको बेला त्यस्तो जवाफ दिनुभयो,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै वामदेवले भनेका थिए ।

आफूले धेरै पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘केन्द्रीय सदस्य पनि चाहिँदैन, भैसेपाटी सैबु आवास क्षेत्रको इन्चार्ज बनाइदिनुस्’ भनेर खबर पठाउँदासमेत बेवास्ता गरिएको वामदेवको गुनासो थियो ।

एमालेमा प्रवेश गर्ने अनेक प्रयास असफल भएको र एकीकृत समाजवादीले प्रस्ताव गरिरहेको अवस्थामा निर्णय लिने मुडमा वामदेव पुगेका छन् । दुई नेताको भेट भोलिका लागि तय भइसकेको र अबको केही दिनमा नै वामदेव पार्टीमा आउने एकीकृत समाजवादीका एक प्रभावशाली नेताले बताए ।

‘अध्यक्षज्यू र वामदेव कमरेडको भेटवार्ता तय भइसकेको छ । भोलि (बिहीबार) उहाँहरुबीच भेटवार्ता हुनेछ । त्यसपछि छिट्टै वामदेव कमरेड हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) आउने तयारी छ । उहाँलाई वरिष्ठ नेता बनाउने गरी होमवर्क भइरहेको छ,’– नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने । रिपोर्टसनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x