१ श्रावण २०८३, शुक्रबार

नेपाल बङलादेश सङ पराजित

एसीपी संवाददाता

५ पुष २०८१, शुक्रबार १७:२१ मा प्रकाशित

नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको “सुपर–फोर” को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको हो।

नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटाएको हो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए । नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहोमिदा चोया र हबिबा इस्लामले १र१ विकेट लिए । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो ।

एशिया कप उपाधिका लागि अब बङ्गलादेशले भारतसँग खेल्नेछ । आज बिहान भएको “सुपर–फोर” को खेलमा श्रीलङ्कालाई हराउँदै भारत शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । फाइनल खेल पुस ७ गते आइतवार हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x