जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ।
बाँके – जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ ।नेपालगंज उप-महानगरपालिका वडा नं.१९ मोहनपुर ईट्टाभट्टा नजिकै रहेको जाहेरवाला नसिर अहमद बेहेनालाई भारत, उत्तर प्रदेश, बलरामपुर सिहपुरी बस्ने वर्ष अं. ४२ को सदाबुद्दिन हलवाईले ईट्टाभट्टामा रहेको जमिन भित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनी पटक पटक गरि नगद रु. २,००,००,०००।- (दुई करोड) ठगी गरेको हुँदा कानुन बमोजिम कारवाही गरी पाउँ भनी नसिर अहमद बेहेनाको जाहेरी दरखास्तका आधारमा निज प्रतिवादी सदाबुद्दिन हलवाईलाई मिति २०८१।०९।०५ गते बिहान जिल्ला बाँके नेपालगंज उप- महानगरपालिका वडा नं.४ बसपार्क स्थितमा पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको ।
बरामद सामानहरु : तिन वटा माटोको घैटो र सो घैटो भित्र पहेलो धातुले बनेको सिक्का थान-१०४९। (एक हजार उनन्पचास) , तिन वटा पितलको घैटो , धातुले बनेको हेर्दा पुरानो जस्तो देखिने चेन थान-१ , धातुले बनेको गणेशको मुर्ति थान-१ , बिभिन्न आकारका पत्तरहरु थान-६०० (छ सय) , धातुबाट बनेको डिव्वा थान-३ , लेदरको कालो रंगको झोला भित्र ताविज सहितको डिव्वा थान-१ , उर्दु अक्षरमा लेखिएको किताब थान-१ , भरतिय नम्बरको UP 32PP6110 नं. को ALTOK10 सिल्भर कलरको कार थान-१ , साथै निज संग रहेको नेपाल र भारतिय बैंकका चेक तथा भौचहरु बरामद गरीएको ।


