३२ असार २०८३, बिहीबार

संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि राष्ट्रिय एकता अभियान, जनकपुरद्वारा धर्ना

एसीपी संवाददाता

८ पुष २०८१, सोमबार १०:०० मा प्रकाशित

काठमाडौं । संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि राष्ट्रिय एकता अभियान, जनकपुरद्वारा जनकपुरस्थित जानकीचोकमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संघीय हिन्दू गणतन्त्रको मागलाई जोडदार रूपमा उठाउँदै विभिन्न वक्ताहरूले आफ्ना धारणा व्यक्त गरे।

धर्ना कार्यक्रममा मनीष पुर्बे, उर्मिला देवी महतो, पंकज झा, दिपेन्द्र झा, प्रवीण राय, इन्दल पासवान, राम प्रमोद महतो, र सम्भु साहलगायतको उपस्थिति रहेको थियो।

आयोजकले संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि जनस्तरमा जागरण अभियानलाई तीव्र बनाउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। जानकीचोकमा भएको यस कार्यक्रममा स्थानीयबासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

अभियानले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा जनचेतना फैलाउने योजना रहेको र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिने कुरा आयोजक पक्षले बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x