सप्तरी मिडिया हाउसको आयोजनामा बनभोज
सप्तरी मिडिया हाउस प्रा.लि. द्वारा संचालित सप्तरी एफ.एम.द्वारा शनिबार वनभाेज एवम् सम्मान कार्यक्रम गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गाेवरगाढाकाे काेशी पलारमा सप्तरी एम .एम .द्वारा वनभाेज एवम् सम्मान कार्यक्रमकाे आयाेजना गरिएको हाे ।

सप्तरीका विभिन्न संचार माध्यममा रहेर काम गरिएको पत्र-पत्रिका , एफ.एम, अनलाइन पत्रकारिता अन्तर्गत विभिन्न संचार माध्यममा रहेर संचारकर्मीहरुले गरेको योगदानकोे मुल्यांकन गर्दै डयारी ,कलम र गमछा ओढाएर सम्मान गरिएको छ ।
सप्तरी एफ.एम.का स्टेसन म्यानेजर कमल मण्डल तथा एफ.एम.का संचालक मनाेज मण्डलले संचारकर्मीहरु रामनाथ यादव,राजु शर्मा, गंगा प्रसाद साह,निरज कुमार मण्डल पिन्टु यादव, नवीन यादव,रवि शर्मा , साक्षी साह लगायतलाई सम्मान गरिएको एफ.एमकी प्रीति अधिकारीले जानकारी दिइन्।
कार्यक्रममा स्थानीय हनुमान नगरकंकालिनी नगरपालिका १३ का भूपू अध्यक्ष विन्देश्वरी यादव, १३ का पूर्व वडा अध्यक्ष हरि नारायण यादव,६ का वडा सचिव रामभराष यादव, वडा नम्बर १४ का कारी यादव,विन्देश्वर यादव , भारत पंचायत समितिका दिपक मण्डल लगायतकाे समेत सहभागिता रहेकाे थियाे ।



