१२ असार २०८३, शुक्रबार
काग्रेसको राजनीति डा. शेखरमा केन्द्रित
ओम आचार्य
काग्रेसमा आउदो महाअधिवेशनको चर्चा खुब चुलिन्दै छ ! र यस्को चर्चा डा. शेखरमा जोडेर गर्ने गरिन्छ ! वर्तमान सभापति शेर बाहादुर देउवा विधानत दोहरिन नपाउने हुदा अवको सभापति हुन डा. शेखर जति मेहनत दौडधुप गर्दैछन त्यतिनै आशावादी पनि छन ! तर देउवा त्यतिनै चिन्त्तित पनि छन चिन्तित आफु सभापतिबाट बहिर्गमन हुनु पर्छ त्यस्ले हैन, डा. आरजुलाइ कसरि काग्रेस भित्र स्थापित गर्ने यस विसयले बनाएको छ! यही प्रसंगग र सन्दर्भमा देउवा उचित पात्रको खोजीमा छन ! काग्रेस भित्र देउवालाइ लामो समय र काल सम्म अविछिन्न रही सहयोग गर्ने पुर्ण बाहादुर खडका , विमलेन्द्र निधी , प्रकाशमान सिंह चौधो महाअधिवेशना दरो सहयोग गरेका कृष्ण सिटौला लगायत शशांक कोइराला सुजाता कोइराला लगायत अन्य धेरै छन ! यि नामहरुमा शेर बाहादुर देउवाले आफ्नो इच्छित पात्रलाइ काग्रेस भित्र स्थापित गर्न सक्छन यसम्मा विस्वस्त हुन सकेका छैन ! यही संसय वोकेर उन्ले महामन्त्री गगन थापालाइ आफ्नो अभिष्ट पुरा गर्न अहिले परिक्षण गर्दैछन र काग्रेस भित्र देउवा यो परिक्षणको प्रतिक्रियाको राम्रो सुक्ष्म तरिकाले अध्यन र विश्लेषण गर्दै छन! देउवामा आन्तरिक पाटी भित्रको राजनीतिक अध्यन र विश्लेषण गर्ने क्षमता र सिप काग्रेस कै महामानव वि पी कोइराला र लौह पुरुष गणेशमान सिंह सन्तनेता कृष्ण प्र कोइराला र गिरिजी प्र कोइराला सम्मकोप्रभाव छ !
देउवालाइ यौटा डर छ त्यो के भने महामन्त्री गगन थापालाइ अगाडी सार्दा अघि नाम लिएका पुर्ण बाहादुर देखी सुजता कोइराला देखी अन्य लगायतको पनि देउवाले साथ नपाउने उन्को अध्यन आएको हुनुपर्छ!
अहिले काग्रेस भित्र संस्थापन इतर का डा. शेखर कोइराला लाइ कमजोर र उन्को हौसला र उत्साहा सिथिल वनाउन संस्थापन ले गगन लाइ भित्र्याएपनि त्यस्को असर र प्रभाव संस्थापन इतरमा सुन्य र प्रभाव हिन देखिएको मात्रै हैन डा.शेखरमा झन प्रभाव र तेज बडेको उन्को कार्य शैलि र अभिव्यक्त बिचार बाट देखिन्दै छ !
जस्ते की काग्रेस केन्द्रिय समीतिको परिपत्र को बाबजुद डा. शेखर समुहले मंसिर अठार गते कोशी प्रदेस पालिका सभापतिहरुको भेला मात्रै गरेनन त्यस्को उद्घाटन समेत डा. शेखरले नै गरे !
भोलि पल्ट काग्रेस को प्रदेश सम्मेलन सुरु भयो त्यसमा डा. शेखर अनुपस्थित रहे उन्को अनुपस्थित लाइ लिएर चर्चा चलिरहदा उन्ले यसो भने “मर्यादाक्रमा केही समस्या देखिएको हो !म किन हेपिएर भेलामा सहभागी हुने?मेरो ब्रम्हले भन्यो त्यो कार्यक्रमा नजानु , कार्यक्रम सफल रहोस तर मर्यादा क्रम पनि केही त हो नी ! “
हो यही कुराले देउवालाइ मात्रै हैन सबै काग्रेसलाइ छोएको हुनु पर्छ! सबै काग्रेसको अस्मिता एकएक जागेर आएको हुनु पर्छ! काग्रेस भित्र यो बोध चै शेखर जगाएकै हुनु पर्छ ! भोली काग्रेस भित्र पुर्ण बाहादुर खडका कृष्ण सिटौला प्रकाशमान सिंह विमलेन्द्र निधीमा डा. शेखरको यही मर्यादा क्रमको विचारले र हेपिएर किन वस्ने भाव जाग्यो भने देउवा अपठ्यारोमा पर्न सक्छन ! काग्रेसका त्यस्ता त्यस्ता अग्रज र कुशल नेतृत्वको छायामा हुर्केको देउवाले गगनको यो परिक्षण कालको राम्ररी बुजेको र त्यस्को पाटीमा पर्ने प्रभावलाइ पनि हेर्दै छन !
अन्तत देउवाको रोजाइ डा. शेखर

काग्रेस भित्र अवको महाअधिवेशनबाट निवर्तमान हुने सभापति देउवा काग्रेस राजनीतिमा नेतृत्व विहिन हुने कारणबाट काग्रेस भित्रै उन्कै सहयात्री पनि काग्रेसको राजनीतिक भविस्यलाइ आंकलन गर्दै डा. शेखर प्रती नजिकिन्दै छन !र अहिले भइरहेका काग्रेस नेताहरुमा सबै भन्दा धेरै देश दौडामा लागेका र सम्पर्क गरिरहेका कोइराला बराबर कोही देखिएका छैन ! लामो समय सम्म कोइराला विरासतमा नरहेको काग्रेस देउवाको वहिर्गमन संगै कोइराला विरासतमा फर्कने अनुमान र धैरै सम्भावना डा. शेखरमै देउवाका सहयोगी पनि देख्दै छन !अघिल्लो महाअधिवेशन मा राम्रो मत ल्याएर डा. शेखरले काग्रेस राजनीतिमा आफुलाइ स्थापित मात्रै गरेन की अवको महाअधिवेशनमा पाटी सभापतिमा समेत सुनिस्चित गरे छन!देउवाको छनौटमा अन्तत डा. शेखर यही कारणबाट हुन सक्छन र आफ्नो इच्छित पात्रलाइ स्थापित गर्न कोइरालको विकल्प अरु कोही हुन सक्दैन भन्नेमा हुनु पर्छ!अर्को कुरा देउवाले यो पनि ठानेका हुनुपर्छ कोइराला विराशत डा. शेखरमा मै अडिएको छ ! काग्रेसकै परमधाम मानिएको कोइराला निवास अहिले डा. शेखरकै रेख देखमा छन ! निवासको परम्परा र संस्कार मात्रै हैन निवासको भौतिक संरचना पनि ज्युका त्यु बचाएर राखेरका छन ! कुनैपनि काग्रेस विराटनगर आउदा यो निवास प्रवेस नगरी फर्कन्दैनन र सायद सभापति देउवा पनि निवासको अर्थात काग्रेसको परमधामको आकर्षण ले गर्दा कोशी प्रदेशको सम्मेलनमा आउदा निवासको सुरक्षित आवरण भित्र वसेर लामो सुस्केर छोड्दै डा. शेखरमा भारी विसाएर अरु राजनीतिक सिध्दी गर्न चाहान्छ!
Subscribe
Login
0 Comments




