१ श्रावण २०८३, शुक्रबार

माघ महिनामा न्यू दर्पण कप हुने

एसीपी संवाददाता

१७ पुष २०८१, बुधबार १२:१४ मा प्रकाशित

बाँके, पुस १७ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा क्लब स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा बसेको बृहद भेलाले दोश्रो न्यू दर्पण युवा कप फुटबल प्रतियोगिता यहि माघ महिनाभित्र सञ्चालन गर्ने निर्णय गरेको हो । भेलाले प्रतियोगिताको तयारीका लागि आर्थिक समिति, ब्यवस्थापन समिति, स्वयमसेवक समिति, पुरस्कार तथा अन्य ब्यवस्थापन समिति लगायतका समिति गठन गरेको छ । भेलामा  वडा अध्यक्ष टेकबहादुर रोकाय, सदस्य बलबहादुर बिसी,बलबहादुर कठायत,क्लबका पुर्व अध्यक्षहरु गोविन्द शर्मा, देबराम बिसी, लोकबहादुर बिसी, पुर्ब वडा अध्यक्ष तिलकबीर सुनार, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष उज्ववल बिसी, समाजसेवी विदुर लामिछाने, देबहादुर बिसी, बिरबहादुर बिसी, चित्रबहादुर बिसी लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा प्रथमलाई एकलाख बढि र दोश्रो हुनेलाई ५० हजार बढि नगद सहित अन्य पुरस्कार राखिएको क्लबका कोषाध्यक्ष देबबहादुर बिसीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x