१ श्रावण २०८३, शुक्रबार

सीके राउत नेतृत्वको जनमत पार्टीले मनायो धोती दिवस

एसीपी संवाददाता

१८ पुष २०८१, बिहीबार १३:३१ मा प्रकाशित

सीके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाएको छ । जनमतका नेता तथा कार्यकर्ताले धोती लगाएर माइतीघरमा भेला भएर धोती दिवस मनाएका हुन् ।

उनीहरूले ‘धोती हाम्रो सान हो, मधेसको पहिचान हो । धोती दिवस जिन्दाबाद, धोती भैया भनेर हेप्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिले आज धोती दिवस मनाउने निर्णय गरेको थियो । पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने  गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको थियो । 

पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ । मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउने गरेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x