१ श्रावण २०८३, शुक्रबार

जसपा नेपालको बर्दियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम जारी

एसीपी संवाददाता

१९ पुष २०८१, शुक्रबार १६:३४ मा प्रकाशित

बिकास खडका , रिसभ सिंह वाडिया = बर्दिया गुलरिया ,  जनता समाजवादी पार्टी नेपालले बर्दिया जिल्लामा आफ्नो नेता तथा कार्यकर्तालाई आज शुक्रबार प्रशिक्षण दिदै छ । कार्यक्रमलाई जसपा नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री उपेन्द्र यादवको मुख्य उपस्थितिमा प्रशिक्षण शुरु हुने लुम्बिनी प्रदेश का सासंद तथा जसपा नेपालका केन्द्रिय सदस्य अम्बिका काफ्लेले जानकारी दिनु भयो ।
जनतासँग जसपा नेपाल, भन्ने मुल नाराका साथ , आधारभूत संगठन निर्माण अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय अभियन्ता अभिमुखिकरण कार्यक्रम , प्रशिक्षण कार्यक्रम आज बर्दियाको गुलरिया जारी रहेको छ । कार्यक्रममा जसपा नेपालका केन्द्रिय सचिव कमरुदिन राई ,  केन्द्रीय सदस्य सुधाकर मिश्रा ,बेबी तबस्सुम अन्सारी
प्रदेश समिती उपाध्यक्ष बाबु खां पठान ,सचिव सुशिला शर्मा पौडेल ,प्रदेश सदस्य ईरसद अलि मुकेरी  , बाके जिल्ला अध्यक्ष कौशल कुमार धोबीको उपस्थिती थियो  रहेको थियोे । यसै गरि बर्दिया जिल्लाको कार्यसमितिका पदाधिकारीहरु , नगर समिति र गाउँ पालिका स्तरिय समितिको उपस्थिति रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x