नेपाल मुस्लिम संघ बाँकेमा वडा नम्बर १९ को समिति गठन
बिकास खडका , रिसभ सिंह वाडिया नेपालगन्ज – नेपाल मुस्लिम संघ बाँकेको आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को समिति गठन भएको छ । इस्लाम बेहनाको अध्यक्षता १५ सदस्यीय समिति आज गठन भएको केन्द्रिय सदस्य जि नुरेन मुल्तमिस ( साहिल हल्वाई ) ले जानकारी दिनु भयो । आज सम्पन्न भेलाले मुस्लिमहरुको हकअधिकार , नागरिक समस्या लाई समेत ध्यान मा राखिएको र यसको समाधान समेत हुने कार्यक्रम प्रमुख अतिथि र नेपाल मुस्लिम संघ का केन्द्रिय सदस्य मेराज हलवाइ भन्नू भयो ।
आज को भेलाले मुस्लिम समुदाय मा उत्साह पुर्बक सहभागिता रह्यो नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य जि नुरेन मुल्तमिस ( साहिल हल्वाई) ले बताउनु भयो । कार्यक्रममा नेपाल मुस्लिम संघ बाँकेका जिल्ला अध्यक्ष सुफियान खान , नेपाल सास्कृतिक संघका केन्द्रिय सहमहामन्त्री जहिरुल हक जिनु , जिल्ला उपाध्यक्ष अकबर अलि शेख लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियोे ।




