१२ असार २०८३, शुक्रबार

लमजुङका प्रनाउ श्रीवास्तवले चलेको अभियानमा ११४ थान अवैध हतियार बरामद

एसीपी संवाददाता

२४ पुष २०८१, बुधबार १४:५३ मा प्रकाशित

लमजुङ । लमजुङमा प्रहरीद्वारा ११४ थान अवैध हतियार बरामद गरिएको छ । ती हतियार जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय आफ्नो कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी बुधबार सार्वजनिक गर्दै जानकारी दिएको हो ।

जिल्लामा रहेको अनुमान गरिएका ७६४ हतियारमध्ये त्यतिका हतियार जिल्लाका विभिन्न क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा प्रहरी पोष्टमार्फत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रशान्त श्रीवास्तवले बताए । उनका अनुसार अवैध रुपमा रहेका ११४ हतियार बरामद भएकोमा दुई थानको मुद्दा चलाइएको अवस्था छ । अन्य ११२ वटा यी हुन्, उनले पत्रकार सम्मेलनमा राखिएको हतियार देखाउँदै भने ।

सो अवसरमा लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यी हतियार मूलतः तीन उद्देश्यले एने कानुनले दिएको अधिकार प्रयोग गरी बरामद गरिएको बताए । उनका अनुसार हतियारहरुको म्याद नाघेको पाँच वर्ष अवधिसम्म रहेकालाई नवीकरण गर्न आउनु भन्ने तीन महिने सूचना जारी गरिएको थियो । त्यो अवधिसम्म नवीकरण गर्न नआएपछि बरामद गर्नका लागि प्रहरीलाई निर्देशन दिइएको हो ।

दोस्रो, यस्ता हतियार सधैं सुरक्षाका लागि चुनौती हुने हुँदा प्रहरीले सुरक्षाका काम गर्दैछ भन्ने सन्देश दिनका लागि पनि अवैध हतियार बरामदको काम गरिएको हो प्रजिअ गुरुङले भने । तेस्रो उद्देश्यमा यस्ता हतियार राख्नेहरूलाई सुसूचित गर्न, यस्तो अर्वैध काम गर्नु हुने रहेनछ भन्ने सचेतना जागृत गर्नका लागि पनि सर्वसाधारणलाई जानकारी दिनका लागि गरिएको प्रजिअ गुरुङले उल्लेख गरे ।

समयमा नवीकरण गर्नु पर्ने हतियार नवीकरण नहुँदा सरकारले पाउने राजस्वमा समेत घाटा हुने गरेको प्रजिअ गुरुङले बताए । उनका अनुसार म्याद नाघेको तीन महिना अवधिसम्म कुनै जरिवाना नलाग्ने, त्यसको ३५ दिन भित्र २५ प्रतिशत जरिवाना लिएर नविकरण गर्न सकिने, म्याद गुज्रिएको तीन महिनासम्म ५० प्रतिशत जरीवाना लाग्ने र दुई वर्षसम्म सय प्रतिशत जरिवाना लिएर हतियार नवीकरण गर्न सकिने कानुनी प्रावधान रहेको छ ।

प्रजिअ गुरुङले भने, ‘सरकारले २०७९ सालको असारमसान्तमा नवीकरणको यौटा मौका दिएको थियो ।’ उनका अनुसार जिल्लाका करिब १५ सय हतियारको रेडर्क छ भने नियमित नवीकरण गर्नेको संख्या केवल तीन सय मात्र रहेको छ । उनले भने यो अवधिमा ५४५ हतियारको अपडेट भएको छ । उनले भने, ‘हतियारको लाइसेन्स दुई प्रकारका छन् । पहिलो जिल्लाका लागि मात्र र अर्को मुलुकभरका लागि । मुलुकभरका लागि अनुमति लिएको हतियारको जुनसुकै स्थानमा पनि नवीकरण गर्न पाइने हुँदा त्यो रेकर्ड पनि अपडेट हुन बाँकी छ, त्यसैले पनि ग्याप बढी देखिएको प्रजिअ गुरुङले जानकारी दिए ।

दुई वटाको मुद्दा चलाएको स्थिति छ भने २१९ वटाको खोजी कार्य बाँकी रहेको प्रनाउ श्रीवास्तवले जानकारी दिएका छन् । उनका अनुसार हतियारको नवीकरणका लागि तीन महिने सूचना जारी गरिएको भएता पनि गाउँतिर बुझ्न प्रहरी टोली जाँदा अधिकांश गाउँलेहरूलाई त्यस’boutमै जानकारी नभएको पाइएको स्थिति छ । उनले भने, ‘प्रहरीले गाउँघरमा घुमेर हतियार खोज्न थालेपछि धेरै जसोले मुद्दा लाग्ने हो कि ? भन्ने डरले गाउँ नजिकको जंगलमा लगेर फ्याँक्ने गरेको र अधिकांश हतियार वेवारिसे अवस्थामा फेला परेको हो ।’

बरामद भएका हतियारमा चारथरी पहिलो एकनाले बन्दुक, दुई नाले बन्दुक, १२ बोरको हर्नेट र राइफल रहेको प्रनाउ श्रीवास्तवले जानकारी दिए । राजधानी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x