१ श्रावण २०८३, शुक्रबार

मेगा सहकारी नेपालगन्जको जालसाजी बारे जानकारी माङ

एसीपी संवाददाता

२४ पुष २०८१, बुधबार १८:२८ मा प्रकाशित

नेपालगन्ज –  मिटर ब्याज बिरुद्ध किसान मजदुर आन्दोलन नेपालले आज मेगा बचत तथा ऋण सहकारी धम्बोझी चोक नजिकै रहेको  सहकारी अस्त ब्यस्त अवस्थामा रहेको र कर्मचारीले समेत् सुबिधा न पाएको जानकारी दिनु भयो । आज जी नुरैन मुल्तमिस ( साहिल हल्वाइ ) बाँके इन्चार्ज को नेतृत्व गर्दै पीडित टोलि निवेदनकर्ता जानकारी लिन जादा सहकारीको कार्यालय नियमीत न रहेको बताएका हुन । पीडित को नाम अहिले उल्लेख नगर्ने सर्तमा मेगा बचत तथा ऋण सहकारीले कर्जा दिएको जम्मा ४ लाख एक जनालाई तर सोहि ब्याक्ति को जग्गालाई सहकारीले आफ्नो छाता संगठन बाट ३० लाख भन्दा बढी रकम झिकेको गुनासो सहित निवेदन आएको इन्चार्ज साहिलले बताउनु भयो । मेगा सहकारीका अध्यक्ष शिवा लामिछाने यो भब्दा पहिले विभिन्न रकम हिनामिना र किर्ते कागजको आरोपमा चितवन जिल्लामा हिरासतमा रहेको मिटर ब्याज बिरुद्ध किसान मजदुर आन्दोलन नेपाल बाँकेका इन्चार्ज साहिलले जानकारी दिनु भयो । आफुहरु सधै न्यायको लागि पीडित हरुको आवाज उठाउदै आएको समितीले जनाएको हो । हामी मेगा सहकारीले गरेको जालसाजी बारेमा जानकारी लिन हामी कार्यालयमा पुगेको हो तर संबंधित ब्याक्ति नै फेला न परेको बताउनु भयो । सम्बन्धि सहकारीले गरेको जालसाजी बारेमा समस्या या निकास आए पश्चात प्रशासन समक्ष पीडकलाई सजाय पीडितलाई दिलाउने अभियानमा लाग्ने बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x