१ श्रावण २०८३, शुक्रबार

रबि लामिछाने रिहा

एसीपी संवाददाता

२५ पुष २०८१, बिहीबार २३:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् लामिछानेले यस्तो बताएका हुन् ।

‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’

उनले न्यायप्रणाली प्रति विश्वास बढेको पनि बताएका छन् । ‘न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’

उनले आफूलाई माया गर्ने सबैलाई पनि धन्यवाद व्यक्त गरेका छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x