१ श्रावण २०८३, शुक्रबार

मैले यसरी नयाँ वर्षको शुरुआत गरे

एसीपी संवाददाता

२६ पुष २०८१, शुक्रबार १३:०५ मा प्रकाशित

शायदा बानो शाह =  मैले यसरी नयाँ वर्षको शुरुआत गरे है । वर्ष २०२५  जनवरीमा छापिएको पहिलो फिचर पढौं ।

नेपालमा किंगरिया समुदायको बसोबास केवल नेपालगंज उपमहानगरपालिकामा मात्रै छ । जहा करिब ३०० परिवार किंगरिया समुदायको छ । औसत ७ जनाको परिवारकै हिसाबले ३०० परिवारमा किंगरिया समुदायको जनसंख्या करिब २ हजार १ सय जना रहेको छ । तर जनगणनामा किंगरिया समुदायको बारे छुट्टै उल्लेख छैन् । वडा अध्यक्ष अब्दुल गफ्फार भन्छन् ।किंगरियाहरु मुस्लिम समुदायका हुन् ।

उनीहरु इस्लाम धर्म मान्दछन् । इस्लाम धर्म मान्ने भएकोले यिनले मुस्लिम समुदायले मनाउने सम्पूर्ण चाडपर्व जस्तैः ईदुलफित्र, ईदुलजुहा, मोहर्रम र मोहम्मद डे आदि मनाउने गर्छन् । यिनीको विवाह मुस्लिम समुदायको धार्मिक रीति अनुसार निकाह गरेर हुन्छ । मरेपछि दहसंस्कार पनि मुस्लिम समुदाय धार्मिक मुल्यमान्यता अनुसार कब्रिस्तानमा गरिन्छ । यिनीहरुको पूर्वजको ’किंगडी’ बजाएर माग्ने काम गर्थे । त्यही किंगडीबाट यिनीहरुलाई किंगरिया भनिएको सोही समुदायका जानकार ८७ वर्षीय फैज अली किंगरिया बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x