श्री राम जन्मभुमि मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिक उत्सवको अवसरमा नेपालगंज नगरीमा भब्य शोभा यात्रा
विकास खड़का / सुनील कश्यप
नेपालगंज – राष्ट्रीय सनातनी संघ बाँकेको आयोजना मा आज पौष २७ गते बाँकेको नेपालगंजमा छिमेकी देश भारतको अयोध्या मा रहेको श्री राम जन्मभुमि मन्दिरको प्राण प्रतिष्ठाको प्रथम वार्षिक उत्सवको शुभ अवसरमा शोभा यात्रा र्याली निकाली नेपालगंज नगर परिक्रमा गरी सम्पन्न भएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर ९ रामलीला मैदान देखी शोभा यात्रा शुरू भई ताँगास्टैण्ड , सदरलाइन , त्रिभुवन चौक ,बीपी चौक , धम्बोजी , सेतु बिक चौक , न्यूरोड , त्रिवेणीमोड़ हुँदै बागेश्वरी मन्दिरको प्रगणमा रहेको श्री राम जानकी मन्दिरमा भब्य रूपले सम्पन्न भयो ।

तस्वीर – रजिन्द्र कुमार कहार
कार्यक्रम मा राष्ट्रीय सनातनी संघ का अध्यक्ष सौरव वर्मा , वडा नम्बर ८ का वडा अध्यक्ष रजनीश बाजपेयी ( विवेक ) , संगठन विभाग प्रमुख राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश रविशंकर बर्मा , विश्व हिन्दू परिषद नेपाल बाँके महिला अध्यक्ष कृष्ण देवी पाण्डे लगायत सम्पूर्ण हिन्दू संग संस्थाहरु को उपस्थिति रहेको थियो ।
श्री राम जन्मभुमि मन्दिरको प्राण प्रतिष्ठाको प्रथम वार्षिक उत्सव आज नेपालगंज नगरीमा सबै जनाले अफनो अफनो घर पसल अगाड़ी दीपउत्सव धूम धामका साथ बालेका हुन ।






