१ श्रावण २०८३, शुक्रबार

माओवादी केन्द्रको बैठक बस्दै,३ बजे पत्रकार सम्मेलन गर्दै

एसीपी संवाददाता

४ माघ २०८१, शुक्रबार ११:५७ मा प्रकाशित

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठक नयाँ बानेश्वरमा बस्ने भएको हो ।

विपक्षी दलको बैठकपछि पार्टीले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।

यसअघि बुधबार सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल विपक्षमा छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x