१ श्रावण २०८३, शुक्रबार

नि:शुल्क एक दिने थाईराइड सम्बन्धि शिविर

एसीपी संवाददाता

४ माघ २०८१, शुक्रबार १३:०३ मा प्रकाशित

मो. अरशद शेष राई / न्युजयथार्थ 
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा  भोलि नि:शुल्क एक दिने थाईराइड सम्बन्धि शिविर गरिने भएको छ ।

वडा नम्बर ८ को आयोजना र नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ नेपालगन्ज इकाईको सहकार्यमा शनिबार एक दिने थाईराइड सम्बन्धि शिविर आयोजन गरिन लागिएको हो ।

नेपालगन्जको महेन्द्रपार्कस्थित शहरी स्वास्थ्य केन्द्रमा विहान १० बजेदेखि थाईराइड सम्बन्धि नि:शुल्क जाँच गरिने वडा नम्बर ८ का वडा अध्यक्ष विबेक बाजपेयीले जानकारी दिनुभयो ।

शिविरमा स्वास्थ्य लाभ लिन महानुभावले निर्धारित समयमा उपस्थित भईदिन पनि  वडाअध्यक्ष बाजपेयीले अनुरोध  गर्नुभएको छ । पछिल्लो चरण थाइराइडका बिरामी बढदै गएपछी रोकथामका कार्यक्रम पनि सन्चालन हुन थालेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x