१ श्रावण २०८३, शुक्रबार

नेपाली काग्रेस के हुदै छ

एसीपी संवाददाता

५ माघ २०८१, शनिबार १३:२४ मा प्रकाशित

 ओम आचार्य  =  कला हुनु पर्छ ।मान्छेले आफ से आफ इतिहास बनाउछ! इतिहास पनि शुभ र प्रेरणादायी । श्रि कृष्ण भगवान संग १६ कला थियो १६ कला को त कुरै छोडनुस !नारायण गोपाल संग त यौटै कला थियो गायन कला ,त्यही कलाले स्वर सम्राट नारायण गोपाल बने !, लक्ष्मी प्रसाद देवकोटा संग कवित्व कला थियो त्यही कलाले लक्ष्मी प्रसाद देवकोटा महाकवि बने ।

 विस्वको राजनीतिक इतिहासमा सामाजिक ,सांस्कृतिक  इतिहासमा जति पनि अमर र युग पुरुष भएका छन ति सबैमा  कुनै न कुनै  एक कला अवस्य थियो ।
नेपालको राजनितीक इतिहासमा अहिले पछिल्लो समय अर्थात वर्तमान प्रधानमन्त्री के पी ओलीमा त्यस्तो के कला छ ? जस्ले नेपाली जनताले स्मरण गरिरहनु परोस । मैले आफ्नो मष्तिष्कमा धेरै जोड़ दिएर सोचे ,  त्यस्तो कला केही देखिन जसबाट इतिहास प्रेरणदायी स्मरण योग्य होस ।नेपाली जनताले प्रधानमन्त्री केपी ओली बहाल भए देखी अहिले सम्म गरेको व्यवहार,  व्यक्त गरेको बिचार र अभिव्यक्ति फ़िल्म हेरे जस्तो धाराप्रवाह आयो स्मरण गर्न योग्य एतिहासिक  पुरुष त्यस्तो चरित्र केही पाइन ।संचार माध्यम र संचार कर्मीहरुबाट पनि युगन्तकारी पुरुषको रुपमा कहिले पनि चित्रित गरिएन ।
र पनि प्रधानमन्त्री के पी ओली संग यौटा कला अवस्य थियो त्यो हो उखान टुक्का को । देशको प्रधानमंत्रीमा यो कलाले कुनै तात्विक महत्व राख्दैन बरु यो कला स्वंय मा व्यंग हुन थालेको छ ।
केपी ओली यो भन्दा पुर्व  प्रधानमन्त्रीमा बहाल भए देखीनै वहामा राजनैतिक शक्तीको वासना पलाउन थाल्यो । र त्यही सक्ती वासनाले धेरै राजनीतिक विकृतीहरु मौलाउदै गए ।यो भन्दा पुर्व प्रधानमन्त्री हुदा  वहाले विगतमा  गृह अर्थ लगायतका केही मन्त्रलयहरुको विभाग आफ्नै मातहातमा राख्नु भयो  । दुइ दुइ पटक संसद विघटन गर्नु भयो र अहिले  अध्यादेशबाटै मुलुक चलाउदै हुनुहुन्छ! समग्रमा भन्ने हो भने मुलुक चलाउने सिस्टम पध्दती विधीको  तहसनहस गर्नु भयो ।
मुलुकको संविधान नाम मात्रैको संविधान भयो!  संविधान वमोजिम मुलुक चलेको नै छैन! संविधान वमोजिम चलाउन चाहानु भएन ।
राजनीतिक दलहरु टुकर्याउने रणनीति
माओवादी पाटी र नेकपा एमाले एकिकृत भइ नेकपा वन्यो र यो वहाकै प्रधानमन्त्री कालमा टुक्र्यो र पुन एकिकरण पुर्वको अवस्थामा पुग्यो त्यती मात्रै हैन नेकपा एमाले भित्रकै वरिष्ठ नेता माधव कुमार नेपाल झलनाथ खनाल लगायतका धेरै साथिहरु अहिले वहाको कोपमा परेर मातृपाटीबाट अलग भयो।र अहिले भिम रावल लगायत अन्य दुइ जना पनि पाटी कोप मा परे! एमाले भित्र त्यति लामो राजनितिक इतिहास वोकेका रावल त पाटी बाटै निष्कासित भए !
आफ्नै पाटी भित्र यती ठुलो विसंगती र विकृती पसाउनु भयो र विसंगती विकृती पसे संगै धेरै को बहिर्गमन पनि भयो ।
आँफ्नो पाटी टुक्राउनु  त भयो भयो विगतमा  जसपा भित्र पनि त्यही एमालेकै जस्तो अवस्था सृर्जना गरेर एक अर्कालाइ सिध्याउने , कार्यवाही गर्ने सम्म पुर्याएर पाटी नै टुक्र्याउने अवस्थामा पुग्यो ।
नेपाली काग्रेसमा पनि त्यो अवस्थाले प्रवेश गर्न खोजे पनि अवस्थाले सफलता पाएको छैन कथंकदाचित एमाले र जसपा जस्तै रोग यदी काग्रेसमा संक्रमंण भयो भने मान्नुस गणतन्त्रको लागी त्यो भन्दा ठुलो चोट केही हुदैन ।  प्रजातन्त्रमा जति राजनीतिक दलहरु सक्षम सबल र संगठित हुन्छन त्यो देशको राजनीति त्यतिनै स्वस्थ्य रहन्छ त्यतिनै प्रजातन्त्र सुनिश्चित रहन्छ र त्यतिनै हक़ अधिकार र स्वतन्त्रता वलियो रहन्छ ।
माथिका यि कुराहरुलाइ कमजोर गर्नु निस्तेज गर्नु छ भने पहिले राजनीतिक पाटीहरुलाइ कमजोर गर्नु पर्छ! यिनिहरुलाइ अलग्याउने टुक्राउने गर्नु पर्छ! अहिले वर्तमान सरकार यही गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने प्रयत्नमा क्रियाशिल छ!
नेपाली राजनीतिमा अहिलेको जस्तो चरम विकृती विगतका सरकार प्रमुखको पालामा देखिएको थिएन ,अहिलेको सरकार प्रमुखलाइ विकृतीका प्रणेता भनेर सम्बोधन गर्दा वहा माथि अन्याय हुन्छ त ?
सात विपक्षी दलहरुको चेतावनी

सात विपक्षी दलहरुको नेतृत्व गर्दै प्रचण्डले प्रधानमन्त्री को राजिनामा माँग गरे !


वर्तमान सरकार  अलोकतान्त्रिक भएको र यस्तै अवस्था विधमान रहे प्राप्त गणतन्त्र नै धरापमा पर्ने भन्दै अविलम्व अधिवेशनको माँग गरे ! होइन भने सडक संघर्ष गर्ने समेत सात दलको चेतावनी थियो! लोकतन्त्रमा  सर्वोच्चता नै संसद हो र यसैले लोकतन्त्रको गरिमा र उपादयेता बचाउने र संरक्षित गर्ने गर्छ ! अहिले संसद अधिवेशन नबोलाएर अध्यादेशबाटै अगाडि बडने राजनीतिक बाटो लोकतन्त्र र संसदको  को लागी निस्चयनै घातक हो !

संसदको गरिमा र महत्व जति कमजोर र निरिह वनाइन्छ त्यतिनै लोकतन्त्र कमजोर हुन्छ!
वर्तमान सरकारको गठवन्धन भनेको काग्रेस र एमालेको हो !
एमाले वामपन्थि विचार भएको कम्युनिष्ट  पाटी हो तर काग्रेस  लोकतन्त्र प्रजातन्त्रको स्लोगान बोक्ने पाटी हो ! प्रजातन्त्रको प्राप्तिकोलागी लोकतंत्र प्राप्तीको लागी लामो संघर्ष गर्दै याहा सम्म आइपुगेको पाटी हो!
अहिले विपक्षी दलभित्रका सात दलले वर्तमान सरकारलाइ लगाइरहेको दोष वर्तमान सरकारको नेतृत्व लिएका के पी ओलीलाइ मात्र हो भनेर सम्झने भुल काग्रेसले गर्दै छ!
अहिले सात दलले प्रजातन्त्रै मास्ने र गणतन्त्र नै खतरामा पर्ने आरोप वर्तमान सरकार माथि लगाएको छ ! यो आरोपले  एमालेमा छट्पटी र राजनीतिक असर नपर्ने र एमाले पाटी धुमिल नहुने तर काग्रेस लाइ उस्को राजनीतिक सिध्दान्त र विचारमा र पाटीमा प्रतिकुल असर पर्न सक्छ !
अझ काग्रेसले अध्यादेश कै विषयमा सहमती अनुसार नै आएको हो भन्दै गर्दा खुट्टामा वन्चरो हान्दै छ !
विगतमा पनि के पी ओली ले अध्यादेश ल्याउदा काग्रेस विपक्षीमा हुदा जमेर विरो गरेकै हो र अधिनायकवादी सरकार सम्म भनेकै काग्रेस अहिले आएको अध्यादेशको समर्थनमा विचार व्यक्त हुनु काग्रेसले सत्तामोहको कारण बाटो विराउदै गएको हो ?
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x