१७ भाद्र २०८३, बुधबार

नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ मा नि:शुल्क थाइराईड परिक्षण शिविर

एसीपी संवाददाता

५ माघ २०८१, शनिबार १६:१२ मा प्रकाशित

नेपालगंज – आज शनिवार बाँके नेपालगंज उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र वडा नम्बर ८ , मा नि : शुल्क थाइराईड परिक्षण शिविरको आयोजना गरिएको छ ।

नेपालगंज उप-महानगरपालिका वडा नं. ८ को कार्यालयको आयोजना र नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघ (NMSRA) नेपालगंज इकाईको सहकार्यमा शिविर आयोजना भएको छ । शिविरमा डा. अलताबान राही सुपर पोलिक्लिनिक नेपालगंज-१२ बि.पी चौकको सहयोगमा र नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रजनिस बाजपेई को अध्यक्षतामा नि : शुल्क थाइराईड परिक्षण शिविर गरिएको हो ।

थाइराईड परिक्षण शिविरमा १ सय ५५ एक साय पचपन्ना जनाको जाँच भएको वडा अध्यक्ष बाजपेईले जानकारी दिनु भएको छ ।पछिल्लो चरण थाइराइडका बिरामी बढदै गएपछी रोकथामका कार्यक्रम पनि सन्चालन हुन थालेका छन । अध्यक्ष बाजपेईले स्वास्थ्य सेवामा समेत जोड दिदै आएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x