११ मंसिर २०८३, बिहीबार

सरकार विरुद्ध शसक्त आन्दोलन गर्न तरुण दलको निर्देशन

एसीपी संवाददाता

२३ मंसिर २०७७, मंगलवार १०:३६ मा प्रकाशित

सरकारबिरुद्धको प्रदर्शन भव्य बनाउन नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले परिपत्र जारी गरेका छन् ।

सरकारको रबैया र सर्वसत्तावादी प्रवृत्तिबिरुद्धको प्रदर्शन भव्य बनाउन अध्यक्ष बस्नेतले आफु र आफु मातहतका सम्पूर्ण समितिहरुलाई कृयाशिल र परिचालन गरि व्यापक सहभागिता गराउन परिपत्र जारी गरेका हुन् ।

अध्यक्ष बस्नेतद्धारा जारी परिपत्रमा ‘प्रस्तुत विषयमा वर्तमान कम्यूनिष्टको ओली सरकारको अधिनायकवादी चिन्तन र चरित्रका कारण देश र जनताले भोग्नु परेको प्रसव पिडाको साथै तनहुँ जिल्लामा गत १७ गते सरकारले देखाएको दमनकारी व्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ्य सामाग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र वेथिति विरुद्ध यही मंसिर २९ गते नेपाली काँग्रेस पार्टीले ७७ वटै जिल्लामा गर्ने विरोध प्रदर्शनलाई भव्य रुपमा सफल पार्न त्यस जिल्ला समितिले नेपाली काँग्रेस जिल्ला कार्यसमिति संग समन्वय गरी आफु र आफु मातहतका सम्पूर्ण समितिहरुलाई कृयाशिल र परिचालन गरि व्यापक सहभागिता गराउन यो परिपत्र गरिएको छ ।’ भनिएको छ । नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x