३२ असार २०८३, बिहीबार

पहिला स्वयम् ठिक हुनु, परिस्थिति आफैं ठिक हुन्छ”- मुना दिदि

एसीपी संवाददाता

९ माघ २०८१, बुधबार १४:१७ मा प्रकाशित

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगञ्जको सहकार्यमा ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । 
आध्यात्मिकता भनेको मन्दिर धाउने, पूजापाठ गर्ने, यज्ञ गर्ने, ब्रत बस्ने, दान गरेर धर्म कमाउने मात्र होइन’, कुनै पनि नकारात्मक विचारलाई सकारात्मकतातर्फ लैजानु नै आध्यात्मिकता हाे, प्रशिक्षक आरती बहनले भन्नू भयाे ।’
सत्यतथ्य समाचारभन्दा भ्यूज बढाउने नाममा पत्रकार बदनाम भइरहेकोले अहिलेकाे विषम परिस्थितिको महत्वलाई बुझेर संयमित रही जिम्मेवार ढंगले पत्रकारिता गरि आफू र समाज बदल्ने कार्य गर्नेतर्फ दुर्गा दिदीले जाेड दिनु भयाे ।
पत्रकारहरुकाे उत्साहजनक सहभागिता रहेकाे उक्त कार्यक्रममा सामुदायिक रेडियाे प्रसारक संघ अकाेराबकाे तर्फबाट मलाई आतिथ्यता गराउनु भएकाेमा पत्रकार महासंघ, बाँके शाखाका अध्यक्ष नविन गिरी तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्ज कार्यालयका प्रमुख तथा क्षेत्रिय उपाध्यक्ष दुर्गा दिदी, प्रशिक्षक द्वय मुना दिदी र आरती बहनको उपस्थिति रहेको थियोे ।
नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चाैलागाई प्रमुख अतिथि रहेकाे उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
तस्वीर –  भगतराम थारु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x