३२ असार २०८३, बिहीबार

अखिल क्रान्तिकारीको अध्यक्षमा आधा दर्जन नेताले उम्मेदवारी दर्ता

एसीपी संवाददाता

९ माघ २०८१, बुधबार १५:३५ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा आधा दर्जन नेताले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समितिकाअनुसार शीर्ष ६ नेताले आ-आफ्नै गुटका ६ उम्मेदवार अघि सारेका छन्। त्यस्तै एकताबाट आएको समूहले पनि आफ्नो उम्मेद्वार अघि सारेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरेका थिए। तर, उपमहासचिवद्वय वर्षमान पुन र  जनार्दन शर्मा समूहले नमानेपछि अन्त्यमा निर्वाचनमै प्रतिष्पर्धा हुने भएको हो।

अध्यक्षको उम्मेद्वारी दिनेमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गुटबाट उपदेशकुमार यादव, उपमहासचिव पुन गुटबाट सुदिन पौडेल र शर्मा गुटबाट हेमन्त राई छन्।

त्यस्तै उपमहासचिव शक्तिबहादुर बस्नेत निकट विजय शर्मा, उपाध्यक्ष पम्फा भुसाल गुटबाट विश्वमणि थापा, उपाध्यक्ष कृष्णबहादुर महरा समूहबाट योगेन्द्र बुढाले उम्मेद्वारी दिएका छन्। त्यस्तै एकता समूहबाट तिर्सना हमालले उम्मेद्वारी दर्ता गराएकी छन्।

अन्य गुटका भन्दा उपमहासचिवद्वय पुन र शर्मा गुटका उम्मेद्वारबीच नै मुख्य प्रतिष्पर्धा हुनेछ।

त्यस्तै महासचिवमा पनि अध्यक्षकै शैलीमा समूह नै बनाएर उम्मेद्वारी दर्ता भएको छ। महासचिवमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बाँनिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतोले उम्मेद्वारी दर्ता गराएका छन्।

यता ९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ।ब्रीक्लिन्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x