३२ असार २०८३, बिहीबार

नेता गौतमको आवश्यकता हो कि बाध्यता , एमालेमा जिम्मेवारी पनि तोकिदै

एसीपी संवाददाता

९ माघ २०८१, बुधबार १५:४० मा प्रकाशित

नेकपा एमालेले आज वामदेव गौतमलाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने तयारी गरेको छ। अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा उनलाई स्वागत गर्न लागिएको हो।

नेता गौतमको स्वागतसँगै कुन जिम्मेवारी दिने भन्ने विषयमा पनि चर्चा गरिनेछ। साथै, आजको बैठकमा यहीँ १८ गतेलाई आह्वान भएको संसद्को हिउँदे अधिवेशनसँगै समसामयिक राजनीति कुराबारे पनि चर्चा गरिने जनाइएको छ।

गौतम नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन्। उनले शुक्रबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि एमालेका फर्किने बताएका थिए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x