३२ असार २०८३, बिहीबार

प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा – उपेन्द्र

एसीपी संवाददाता

१० माघ २०८१, बिहीबार १९:५२ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महशुस हुन थालेको बताएका छन्।

बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन्।

उनले एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताए। अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता रहेको उनले उल्लेख गरे। एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता रहेको बताए। राजनीतिक प्रणालीमा समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता रहेको बताए।

उनले भने, ‘एकता, संघर्ष र रुपान्तरण तीन भाग हुन्छ । एकता, संघर्ष र रुपान्तरणको माध्यमबाटै दुनियाँ अघि बढ्छ । अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता हो । क्रान्तिका, परिवर्तनका उपलब्धिहरु गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छ । क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरुको एकताको आवश्यकता छ । एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता छ । त्यो संघर्षसँगै राजनीतिक प्रणालीमा, समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता छ ।’ नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x