३२ असार २०८३, बिहीबार

नेपालगन्जको जामा मस्जिदको बिवाद , हिजो बडा सहज तरिकाले समाप्त भयो ?

एसीपी संवाददाता

११ माघ २०८१, शुक्रबार १५:२७ मा प्रकाशित

शायदा बानो शाह ( उच्च अदालतको मेलमिलापकर्ता, अधिकारकर्मी, लेखक एंव पत्रकार )

 नेपालगन्ज –  करिब आठ महिना देखि चलिरहेको जामा मश्जिद संचालक समितिको चुनाव हुने शीर्षकको नौटंकीको हिजो बडा सहज तरिकाले समाप्त भएकोछ । आफुलाई नेपालगंजको मुस्लिम अगुवा भन्ने ठगुवाहरुले आठ महिना सम्म नेपालगंजका आम मुसलमानलाई मुर्ख बनाइरहे चुनाव हुन्छ, अनि चुनावमा राम्रा राम्रा एजेंडा बोकेको व्यक्ति हरुको चुनावी प्रकृयाबाट चयन हुनेछ भनी ।

केही दिन अघि जामा मश्जिदको अनियमितता सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्छ र लोकतांत्रिक ढंगबाट संचालक समितिको चुनाव गराउनुपर्छ भनी सीडीओ साबलाई ज्ञापनपत्र बुझाउनेहरुले आफ्नो मान्छे समितिमा राख्न लगाई समिति गठन गरी हालेछन् । अब त पनि खुश म पनि खुशको माहोल छ किन कि करिब करिब पक्ष र विपक्ष दुबैको मान्छे जामा मश्जिद संचालक समितिमा अटाइहालेछन् । न कसैसंग कुनै एजेंडा छ न नीति न त विजन नै बस छ त केवल जामा मश्जिदको सम्पत्तिमाथि आँखा ।

मेरो प्रश्न यति मात्र छ कि जब समिति सीडीओ साबबाप नै गठन गराउनु थियो भने आठ महिना सम्म आम जनतालाई पटक पटक जामा मश्जिदमा बोलाएर दुख किन दिइयो ? जब चुनाव गराउनु थिएन् भने निर्वाचन संयोजक किन तोकियो? जब निर्वाचन गराउनु थिएन् सबै मिलेर जानु थियो यतिको नौटंकी आरोप प्रतिआरोप किन लगाईयो? आखिर आठ महिना सम्म के मिले थिएन् कुन भागबण्डा नमिलेर शोशलमीडियामा जामा मश्जिदको प्रतिष्ठा र गरिमासंग खिलवाड गरियो ?

नोटः जामा मश्जिद सार्वजनिक विषय हो यस बारे हरेक नेपालगंजबासीलाई हक छ बोल्न र सोध्न । सो मलाई यो भन्न न आउनु कि जब सब मिलीमतो र भागबण्डा भइसक्यो तब तिमी किन प्रश्न उठाइ रहेकीछौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x