प्रादेशिक महोत्सवमा एक जना पत्रकार संग दुव्र्यवहार
नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरूलाई रिपोर्टिङका लागि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजताप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासंघ बाँकेले जारी गरेको प्रेस बिज्ञप्तीमा माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेको अवस्थामा न्यूजबाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा खेद व्यक्त गरेको छ । यस्ता घटना नदोहो¥याउन महोत्सव आयोजकलाई सचेत समेत हुन महासंघले चेताएको छ । पत्रकारहरूलाई कार्यरत मिडियाबाट जारी भएको परिचयपत्रबाटै सहज प्रवेश र रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातावरण निर्माणका लागि नेपाल पत्रकार महासंघ बाँके शाखा सम्बन्धित पक्षको पुनः ध्यानाकर्षण गराउँदछ । साथै सम्पूर्ण पत्रकारहरूलाई रिपोर्टिङका क्रममा ‘पत्रकारिता आचारसंहिता’ को पालना गर्दै मर्यादित पत्रकारिता गर्न आग्रह गर्दै सम्पूर्ण पत्रकारलाई सुझाव दिएको छ ।



