३२ असार २०८३, बिहीबार

सदन बैठकअघि अध्यादेशमा गल्ती खोज्दै कांग्रेस, विज्ञले के सुझाव दिए?

एसीपी संवाददाता

१३ माघ २०८१, आईतवार १९:०२ मा प्रकाशित

कांग्रेसले तीन जना विज्ञलाई सहभागी गराएर अध्यादेशका विषयमा राय-सुझाव लिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए। ‘तीन जना विज्ञलाई सहभागी गराएर अध्यादेशको कन्टेन्टका विषयमा छलफल गर्‍यौं। उहाँहरूले अध्यादेशका विभिन्न पक्षबारे प्रकाश पार्नुभएको छ। अध्यादेशमा केही त्रुटि छन् कि, केही कन्टेन्ट सच्याउनुपर्छ कि भनेर उहाँहरूलाई सहभागी गराएर राय सुझाव लिइएको हो,’ प्रमुख सचेतक घिमिरेले भने।

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारको काम कारबाही र अध्यादेशको औचित्यमाथि प्रकाश पारेका थिए। उनले देशको समग्र विकासलाई चलायमान बनाउन र सुशासनलाई बलियो बनाउन सरकारले अध्यादेश ल्याएको बताएका थिए। अध्यादेश देशको हितमा रहेकाले समग्र पार्टी पंक्ति एकढिक्का भएर लाग्नुपर्ने उनको भनाइ रहेको प्रमुख सचेतक घिमिरेले बताए।

त्यस्तै कांग्रेस-एमालेबीच बनेका विभिन्न संयन्त्रका विषयमा पनि बैठकमा छलफल भएको थियो। महामन्त्री गगनकुमार थापाले संयन्त्रमार्फत सरकारको काम कारबाहीलाई छिटो छरितो बनाउन सहयोगी भूमिका खेलेको बताएका थिए। उनले सरकारलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएको प्रमुख सचेतक घिमिरेको भनाइ छ।

प्रमुख सचेतक घिमिरेले विवादास्पद अध्यादेश नल्याइएकाले प्रतिपक्षी दलहरूले विरोध गर्ने कारण नरहेको बताए। उनले प्रतिपक्षको आवाजसँग कांग्रेस नडराएको बताए। ‘हामी प्रतिपक्षको आवाजसँग डराएका होइनौं। डराउनुपर्ने कारण पनि छैन। उनीहरूले विरोध गर्ने कारण पनि छैन। यहाँ कुनै राजनीतिक प्रकृति वा विवादस्पद कुरा प्रवेश गराइएको छैन,’ उनले भने।

बैठक भोलिसम्म चल्ने उनले बताए। ‘सांसदहरूका लागि फ्लोर ओपन गरिएको छ। भोलि उहाँहरूले आफ्नो कुरा राख्नुहुन्छ। नेताहरूले त्यसको जवाफ दिनुहुन्छ,’ उनले भने। कांग्रेसको पदाधिकारी बैठकले पनि सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षा गर्ने निर्णय गरेको थियो। सिंहदरबारमा शनिबार बसेको बैठकले अध्यादेशका बारेका एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको थियो। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x