३२ असार २०८३, बिहीबार

मलेसियाबाट १६ जना नेपाली निष्कासन

एसीपी संवाददाता

१४ माघ २०८१, सोमबार १३:४८ मा प्रकाशित

काठमाडौं : मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका नेपालीहरूले मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेपछि सरकारले निष्काशन गरेको हो।

अध्यागमन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई मालिन्दो एयरलाइन्स र बाटिका एयरको जहाजबाट नेपाल पठाएको स्रोतले बतायो। उनीहरू गत साता काठमाडौं आइपुगेका छन् ।

उच्च स्रोतका अनुसार मलेसियाबाट निस्कासन हुनेहरुमा प्रकाश लिम्बु, डम्बर बहादुर बोहरा, रामदास केवत,सुरजदेव शाह तेली, रामबहादुर सुनुवार, राजेश शाह, अमित कुमार राम, गणेश परियार, मक्का लामा, दिपेन्द्र सुब्बा, भीम बहादुर तामाङ ,अर्बिन कुमार यादव, करणकुमार मोचि, प्रदीप चोखाल, राजनकुमार शाही, चित्रबहादुर खत्री रहेका छन्। उनीहरु मलेसिया पुगेपनि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने लगायतका अध्यागमन कानुन उल्लंघन गरेपछि नेपाल फर्काइदिएको हो।

मलेसियाको अध्यागमन प्रहरीले  गैरकानुनी रुपले काम गरेको भेटिएपछि फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरेको हो। पछिल्लो समय मलेसियाले अवैध बसेका कामदारहरूमाथि कडाइ गरेको छ। केही व्यक्ति श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको थिए भने केही भिसाको म्याद सकिएपछि पनि बसेको पाएपछि त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा राखेको स्रोतले बतायो।

मलेसियामा बस्ने एक नेपालीका अनुसार कतिपयले नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएका छन्। मलेसिया पुगेपछि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने (ओभर स्टे) र आपराधिक गतिविधिमा संलग्न आप्रवासीहरु मलेसिया सरकारको निशानामा पर्ने गरेको उनको भनाई छ। अन्नपूर्णपोस्ट

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x