३२ असार २०८३, बिहीबार

नेपाल मुस्लिम संघ बाँकेको वडा नम्बर ८ को  भेला सम्पन्न

एसीपी संवाददाता

१६ माघ २०८१, बुधबार २०:०८ मा प्रकाशित

नेपालगन्ज =  नेपाल मुस्लिम संघ बाँकेको वडा नम्बर ८ को  भेला सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा आज भएको भेलाले नेपाल मुस्लिम संघ बाँकेको वडा ८ मा समिति चयन गरेको छ । नेपाली काङ्ग्रेस पार्टी संग आबद्ध रहेको भातृ संगठन नेपाल मुस्लिम संघको भेलाका प्रमुख अतिथिले नेपाली काङ्ग्रेस २०४८ साल देखि नै मुस्लिम समुदायको लागि उल्लेखनीय योगदान दिदै आएको स्मरण गराउनु भयो । नेपाली काङ्ग्रेस सङ मुस्लिम समुदायको बिशेष लगाव रहेको छ ।नेपालमा प्रजातान्त्र स्थापना गराउनमा मुस्लिम समुदाय योगदान रहेको उल्लेख गर्नु । काङ्ग्रेस सधै मुस्लिम समुदायको हकहित , अधिकार , शिक्षा मा पहुँच लगाएतको बारेमा निर्णय तह सम्म पुर्याउने गरेको छ । वडा भेला कार्यक्रम प्रमुख अतिथिले महाधिवेशन प्रतिनिधि र नेपाली काङ्ग्रेस बाँकेका पुर्ब उपसभापति सुनिल नरसिंह राणाले आफ्नो मन्तव्य राख्दै मुस्लिम समुदाय र काङ्ग्रेसको सम्बन्ध का बारेमा प्रकाश पार्नु भयो । बुथ सभापति निजामुदिन सिद्दीकी ( मुन्ना दाइ ) अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । विशिष्ट अथिती पार्टीका पुर्ब सचिव हेमन्त कर्माचार्य , पार्टीका सचिब सुधान्शु कोइराला , निजामुदिन अन्सारी महाधिवेशन प्रतिनिधि , सुदिप राणा महाधिवेशन प्रतिनिधि , भेरी अस्पताल का अध्यक्ष एवं तरुण दलका अध्यक्ष बिरेन्द्र बहादुर शाह ,अरुण शाह , युवराज शाह , लाहुराम थारु , मेराज हल्वाई , जी नुरैन मुल्तमिस ( साहिल हल्वाई ) संघ जिल्ला अध्यक्ष सुफियान खान , नेपाल मुस्लिम संघ बाँकेका सह-सचिव रबीसा शर्मा ( हलवाइ ) अकबर शेख , नगर उपसभापति धन राज बर्मा , महेन्द्र मल्ल , प्रल्हाद लखेर , बन्दना सिंह , हफिज सगिर खान , नेपाल प्रेस ईन्स्टिच्यु छेत्रीय प्रमुख मोहम्मद आरिफ अन्सारी लगाएतको उपस्थिति रहेको थियोे । आजको भेलाले मोहम्मद हनिफ शेखको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको केन्द्रिय सदस्य जी नुरैन मुल्तमिस ( साहिल हल्वाई ) ले एसीपीन्युज लाई बताउनु भयो ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x