३२ असार २०८३, बिहीबार

बाँकेमा लागु औषधि ब्राउन सुगर सहित २ जना पक्राउ

एसीपी संवाददाता

१८ माघ २०८१, शुक्रबार १७:१७ मा प्रकाशित

बाँके , लागू औषधि सहित बाँकेमा २ जना पक्राउ परेका छ्न । प्रहरीले आफ्नो सक्रियता देखाउदै लागू औसधि कारोबारी पक्राउ गर्दै आएको छ ।  लागु औसधि को ओसारपसार लाई नियन्त्रण गर्न प्रहरीले आफ्नो सक्रियता बढाएको छ । आज बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका  १५ जमुनाह स्थित लागू औषध नियन्त्रण ब्युरो नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय  जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ संगै आईरहेका २ जना लाई पक्राउ गरेको हो। जिल्ला सुर्खेत लेखवेशी नगर पालिक्स १ राटामाटा बस्ने बर्ष ३० को भक्तराज थापा र जिल्ला दैलेख भगवतीमाई गाउँ पालिका ३ बस्ने बर्ष २८ को हिमाल खड्का लाई पक्राउ गरेको हो । ऊनीहरु शंका लागि चेकजाँच गर्ने क्रममा निज भक्तराज थापाले लगाएको दाहिने खुट्टाको जुत्ता भित्र लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ११ ग्राम ४७० मिलि ग्राम फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x