१२ असार २०८३, शुक्रबार

आईडियल स्पोर्ट्स मिट २०८१ भव्य रूपमा उदघाटन

एसीपी संवाददाता

२१ माघ २०८१, सोमबार १४:०० मा प्रकाशित

नुर मोहम्मद अन्सारी ! नेपालगन्ज, बाँके – आईडियल स्पोर्ट्स मिट २०८१ आजदेखि भव्य रूपमा सुरू भएको छ । आईडियल स्कूल, नेपालगन्ज द्वारा आयोजित उक्त खेलकुद कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्ट को उपस्थित रहेको थियोे ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष  बद्रे आलम खान ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथिहरू इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष अब्दुल रहमान खान,  आलमिन राई र  जमिल जरगर को पनि उपस्थिति रहेको थियो।

थुप्रै रोमाञ्चक खेल प्रतियोगिताहरू समेटिएको आईडियल स्पोर्ट्स मिट २०८१ ले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा र खेल भावना प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास गरिएको छ । 

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x