३२ असार २०८३, बिहीबार

पार्टीभित्र एकता स्थापित भए अर्को चुनावमा बहुमत प्राप्त हुन्छ – देउवा

एसीपी संवाददाता

२१ माघ २०८१, सोमबार १६:३८ मा प्रकाशित

( दुरसञ्चार ) पोखरा : कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता स्थापित भए अर्को चुनावमा बहुमत प्राप्त गर्ने बताएका छन् ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उनले पार्टीभित्र एकता जरुरी रहेकोमा जोड दिए ।

संघ, प्रदेश र स्थानीय तहका आफ्ना अधिकार सुनिश्चित भएको बताउँदै उनले अधिकारको सदुपयोग गरेर विनम्रताका साथ अगाडि बढ्न प्रशिक्षणमा सहभागी नेता, कार्यकर्तालाई आग्रह गरे । ‘घमण्ड बढाएर होइन, हामीले के–के न पायौं भनेजस्तो होइन, जनताको सेवा गर्ने व्यक्तिहरू हौं भन्ने भित्रैबाटै हामीमा आउनुपर्छ,’ उनले भने, ‘त्यसअनुसार तपाईंहरू जनताको सेवक भएर अगाडि बढ्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x