नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश कार्यसमितिको प्रथम अधिवेशन रुपन्देहीमा
रिसभ सिंह वाडिया , बुटवल – नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन रुपन्देहीमा हुने भएको छ । नेपाली काङ्ग्रेस नेता तथा महामन्त्री पुर्ब मन्त्री समेत रहेका गगन थापाको मुख्य उपस्थितिमा पार्टी लुम्बिनी प्रदेशका जिल्लाका सम्पूर्ण सभापति , महाधिवेशन प्रतिनिधि , प्रतिनिधि , संघिय सासद , प्रदेश सासदहरुको उपस्थितिमा संघको प्रथम अधिवेशन हुन लागेको नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) ले जनाउनु भयो ।
यहि माघ ३० गते हुन लागेको यस अधिवेशनमा नेपाली काङ्ग्रेस पार्टीका शुभेच्छुक संस्था नेताकार्यकर्ताको समेत उपस्थिति हुने जनाएका हुन । नेपाली काङ्ग्रेस को भातृ संगठनको रूपमा रहेकोे नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन रुपन्देहीको बुटवलमा आयोजना हुन गइरहेको आयोजक नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश कार्यसमितिले जनाएको छ ।



