३२ असार २०८३, बिहीबार

नेपालको राजनीति विराशतकै वरिपरी

एसीपी संवाददाता

२३ माघ २०८१, बुधबार १७:३९ मा प्रकाशित

ओम आचार्य

नेपालको राजनीतिमा देखिएका प्रमुख यि दुृइ दल  नेपाली काग्रेस , नेकपा एमाले मुख्यतया देशको भविस्य कोर्नमा देशको भविस्य वनाउन र देशमा राजनीतिक स्थिरता दिन चिन्तित देखिन्दैन ! अहिले यि दुइ दलले दीर्घकालिन रणनीति वनाएर विकास र समृध्दीको रोडम्याप वनाउनु पर्ने हो ! जनताको दैनिकी सरोकार विसयमामा , रोजगारको विसयमा, उधोग कलकारखाना, पर्यटन र कृर्षी कृर्षीमा आवध्द किसानहरुकोलागी नीति योजना तर्जुमा गरेर सहि दिशामा राष्ट्रलाईलाइ डोर्याउनु पर्ने हो ! त्यस्तो अहिले कुनै पनि दलमा देखिन्दैन !

अहिले एमाले र काग्रेस आफ्नै दलको राजनीतिको दल दल  भित्र अलमल्लिरहेको छ ! आफु कसरी स्थापित हुने, कसरी सक्तिशाली हुनै र सधै पावरमा  कसरी रहिरहने यही चिन्तामा दलका प्रमुखहरु चिन्तित रहेका छन ! राष्ट्रलाइ कसरी सक्तिशालि वनाउने आर्थिक रुपमा राजनीतिक रुपमा त्यो चिन्ता देखिन्दैनन ! अझ यस्मा एमाले ‌र काग्रेस भित्र त त्यो भाव अत्यधिक भएर दल भित्र विकृति समेत आइ सकेको छ ! 

दल भित्रको सक्ती संघर्षले नेपालको राष्ट्रिय राजनीति अत्यन्तै प्रभावित भइरहेको छ!त्यो प्रभाव सृर्जनात्मक हैन ध्वांसात्मकता तिर बडेको छ!

विरासतको राजनीतिमा दल

दक्षिण एसियामा सामान्यतया विरासतको राजनीति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको छ ! नेपाल यसबाट अछुत छैन ! सामान्यतया परिवारको वंशावादको प्रभाव राजनीतिमा देखिन थालेको छ ! विराशत कै शाखले कति परिवारले जीवन निर्वाह गरेका छन ! त्यही विराशतकै कारण कति परिवारको इज्जत मान सम्मान अध्यावधी रहेको देखिन्छ!

अहिले पछिल्लो समय दल भित्र यही विराशतको राजनीतिको खेलले प्रश्रय पाइरहेको छ ! यही कारणबाट राजनीति दुसित र प्रदुशित भइरहेको छ !  र यहीबाट राजनीतिमा गुट उप गुट निर्माण भइ रहेको छ!

विराशतको राजनीतिमा एमाले 
एमाले भित्र पुस्पलाल  ,मनमोहन अधिकारीको विराशत सम्हाल्ने उत्तराधिकारी एमाले भित्रकै राजनीतिमा देखिएको छैन!मदन भण्डारी को राजनीतिको विराशत सम्हाल्ने वाहाकै धर्मपत्नी पुर्व राष्ट्रपति विधा भण्डारी हुनुहुन्छ! वर्तमान प्रधानमन्त्री के पी ओली को राजनीति विराशतलाइ अगाडी बडाउने परिवार भित्र कोही छैनन! 
अहिले के पी ओली र पुर्व राष्ट्रपती विधा भण्डारी विच यही सक्ती संघर्ष चलिरहेको छ ! बिधा भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा ले एमाले भित्र के पी ओली झस्केका र तर्सेका छन भने विधा भण्डारिको सक्रिय  राजनीतिमा आउने चर्चाले एमाले भित्र मात्र हैन अन्य वामसक्तीहरु पनि एकै ठाउमा आउन सक्ने चर्चाले पनि के पी ओलीको  एमाले भित्रअरु छटपट्टी बढ्दै गएको छ! 
यो राजनीति चर्चा र परिचर्चाले एमाले भित्र मात्र हैन वर्तमान काग्रेस र एमालेको गठवन्धन समेत प्रभावित हुने खतरा छ!एमाले भित्र विराशतको राजनीति सम्हाल्ने एक मात्र पात्र अहिले विध्या भण्डारी हुनुहुन्छ र भविस्यमा वहाकै काधमा एमालेको नेतृत्व आउन सक्ने सम्भावना छ?
विराशतको राजनीतिमा काग्रेस

नेपालि काग्रेसको इतिहास हेर्ने हो भने विराशतकै राजनीतिले अगाडि बढेको छ! पंचायत काल देखी गणतन्त्रसम्म आइपुग्दा काग्रेसले विराशतकै राजनीतिको वरिपरी रहेर महत्वपुर्ण क्रान्ती आन्दोलन र निर्णय गर्दै मुलुकको मुहार फेरेको छ !त्यो विराशतको नेतृत्व कोइराला परिवारबाट हुदै आएको थियो ! अव अहिले गणतन्त्र पछी विस्तारै कोइरालाको विराशतबाट काग्रेस ओझलमा पर्दै गयो ! कोईरालाको विराशतमा नरहेको काग्रेस अहिले आफ्नो नीति ,सिध्दान्त ,विचार र पध्दतीबाट विमुख हुदै गएको कुरा काग्रेस भित्रै उठ्दै आएको छ!

काग्रेस भित्र विराशतको राजनीति गर्दै आफुलाइ नेतृत्वदायी भुमिकामा उभ्याउन र उपस्थित गराउन केही नेताहरु काग्रेस भित्र लविंग गरिरहेका छन !

कोइराला विराशत 
कोइराला विराशत बोकेर नेतृत्वदायी भुमिकाको लागी सक्रिय भइरहेका डा. शेखर कोइराला ,डा. शशांक कोइराला र सुजता कोइराला देखिए पनि अहिले डा. शेखर र शशांक प्रमुृख रुपमा छन ! डा. शेखर संस्थापन इतर समुहको नेतृत्व गर्दै छन भने डा. शशांक संस्थापनकै सहयोगमा आफुलाइ प्रस्तुत गर्न चाहान्छन!जतिखेर देखी काग्रेस कोइराला परिवार विराशतबाट छायाँमा पर्यो ओझलमा पर्यो त्यतिखेर देखी नै काग्रेस भित्र विचलन आयो ! नीति सिध्दान्त विचार र पध्दती हराउदै गयो !विधान कागजको खोष्टोमा परिणत हुदै गयो !यो कुराको काग्रेस भित्रैबाट विरोध हुन थाल्यो ! काग्रेसको केन्द्रिय समीतिका पदाधिकारी देखी प्रतिनिधी सभा सदस्य एवं जील्ला सभापति लगायत तल्लो तह सम्मका सदस्यहरुवाट विरोध हुन थाल्यो ! त्यसैको परिणती हो
काग्रेस भित्र पुस्तान्तरण र रुपान्तरणको कुरा ! विधी र प्रकृयाको कुरा !डा. शेखर संस्थापन इतरको नेतृत्व गर्दै यिनै कुराहरु उठाउदै छन र काग्रेसलाइ दुरुस्त र चुस्त बनाउने प्रण गर्दै गुमेको विराशत काग्रेसमा ल्याउन चाहान्छन  भने डा. शशांक सस्थापनको साहारामा विराशतको राजनीति गर्दै कोइरालाकै विराशतमा फर्काएर काग्रेसलाइ पुर्व अवस्था पुर्याउने भन्दै  नेतृत्वमा आउन चान्छन !
देउवाको विराशत
वर्तमान सभाति शेर बाहादुर देउवा पनि आफ्ने विराशतको राजनीतिलाइ धर्मपत्नी आरजु राणा मार्फत जिवित राख्दै सधै पावरमा रहन चाहान्छन ! तर सभापतीलाइ देउवा विराशतलाइ अगाडी वडाउन अहिले कित डा. शेखर कित डा. शशांक वलियो आधार हुन सक्छ! तर उनले दिगो र भरपर्दो  पात्र को हुन सक्छ निधो गर्न बाकी नै छ!चौधों महाअधिवेशनमा आफ्नो प्रतिद्वन्दी रहि सकेका डा. शेखरले तत्कालिन समयमा प्रकाश मान सिंह , विमलेन्द्र निधी , शशांक , सुजता , रामचन्द्र पोडेल कृष्ण सिटौला लगायतका हस्तिहरुको विरुध्दका बाबजुद उनले ल्याएको मत र अहिले सभापति शेर बाहादुर देउवाले सभापतिमा दोहरिन नपाउने कारणबाट देउवालाइ आफ्नो  विराशतलाइ जीवित राख्न गहिरो सोचमा पार्न सक्छ!
अरु केही विराशत
काग्रेस भित्र गणेशमान सिंहको विराशत प्रकाशमान सिंहले अगाडी बडाएका छन ! महेन्द्रनारायण निधीको विराशतलाइ विमलेन्द्र निधीले अगाडी बडाएका छन ! प्रकाश मान सिंह र विमलेन्द्र निधीले चौंधो महाअधिवेशन आफुलाइ सभापतिको उम्मेदवारीमा प्रस्तुत गरे पनि पछी गएर वर्तमान सभापती शेर बाहादुर देउवालाइ समर्थन गरेका थिए ! यि दुबै अहिले शेर बादुर देउवा प्रति आशाबादी छन र यही आश र भरोसाबाट आफ्ने राजनीतिक विराशतलाइ नेतृत्वदायी भुमिकामा पुर्याउन चाहान्छन!
अहिले यस्तो छ
डा. शेखर र शशांक दुवै सभापतिका लागी दावेदार हुन ! अनि गगन थापा , प्रकाशमान सिंह ,कृष्ण सिटौला विमलेन्द्र निधी पनि चर्चामा छन  अरु पनि नामहरु सभापतिका दावेदारकारुपमा आउन सक्छन!
डा. शेखर बाहेक अरु सबै नामहरु देउवाको सहयोगका लागी इच्छुक छन ! र यि सबै संस्थापनबाटउम्मेदवार हुने छन !
शशांक बाहेक अन्यलाइ समाउदा देउवासंग लामो सहकार्य गरेका केही नेताहरुको साथ नरहने चिन्ता पनि देउवामा परेको छ ! यही कारणबाट संस्थापन भित्र कोइराला विराशत बोकेका डा. शशांक नै सस्थापनको सर्वमान्य उम्मेदवार हुने अनुमान र सम्भाव्यताका कारण देउवाको छनौटमा उ आउन सक्छन या पर्न सक्छन!
यदी यस्तो भएमा दुइ दाजु भाइको सक्ति संघर्ष हुनेछ ‌! यस्तो अवस्थामा सभापतिकालागी निक्कै मेहनत र परिश्रम गरिरहेका डा. शेखरलाइ निक्कै भारी हुन सक्छ ! डा. शेखरले पाटी सभापति भएर पाटिलाइ  एक बनाउने ,चुस्त र दुरुस्त वनाउने आफ्नो संकल्प लाइ यथार्थमा परिणत गर्न सर्वप्रथम त आफ्ने परिवार भित्र एकता र परिवारलाइ दुरुस्त र चुस्त वनाउ जरुरी छ ! कोइराला विराशतबाट एकल उम्मेदवार हुने स्थिती वनाउन सके कोइराला विराशतको सुनिस्चिता छ! दुई दाजु भाई एकले अर्कालाई सहयोग गर्ने वातावरण वनाउनु पर्छ यस्तो वातावरण वनाउन सके  किन्तु परन्तुको प्रस्न जीवित रहन्दैन !
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x