३२ असार २०८३, बिहीबार

नेपालगञ्जमा मस्जिद इदगाह संचालक समिति गठनको विवादले मुस्लिम समुदाय आक्रोशित

एसीपी संवाददाता

२५ माघ २०८१, शुक्रबार १८:१५ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ मा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति गठनको विवादले मुस्लिम समुदायलाई आक्रोशित बनाएको छ। आठ महिनादेखि निर्णय बिहिन बन्दी बनेको यस मस्जिदको समिति गठनलाई लिएर मतभेद रहेको छ।

मस्जिद संचालक समितिलाई पुर्णता नदिई मनोनयनमार्फत समिति गठन गरिएको भन्दै मुस्लिम समुदायले आपत्ति जनाएका छन्। उनीहरूले समस्या समाधान नगरेमा पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ मा ताला बन्दी गर्ने र जिल्ला प्रशासन कार्यालयको कामकाज ठप्प गर्ने चेतावनी दिएका छन्।

स्थानीय मुस्लिम समुदायका नेताहरूले संचालक समिति गठन प्रक्रियामा पारदर्शिता र समावेशीकरणको माग गर्दै आएका छन्। उनीहरूले सरकार र सम्बन्धित निकायलाई यस विवादको तत्काल समाधान गर्न आग्रह गरेका छन्।

यस विवादले स्थानीय स्तरमा तनाव बढाएको छ। जिल्ला प्रशासनले यस समस्याको समाधानका लागि छलफल शुरू गरेको छ भने मुस्लिम समुदायले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

स्थानीय बासिन्दाहरूले यस विवादले सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सरकार र सम्बन्धित पक्षहरूलाई छिटो समाधान निकाल्न आग्रह गरेका छन्।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x