परराष्टमन्त्री राणाद्वारा धनगढी उपमहानगरपालिका वडा नं. १७ दमौलीयामा झोलुङ्गे पुलको उदघाटन
धनगढी – आज धनगढीमा नेपाल सरकार का परराष्ट्र मन्त्री आरजु देउवा राणा द्वारा पुल्को उदघाटन गर्नु भएको छ । पुलको उदघाटन कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर पालिका तथा उपस्थित जनतालाई धन्यवाद दिनु भयो । परराष्ट मन्त्री राणाले धनगढी उपमहानगरपालिका वडा नं. नं. १७ दमौलीयामा ८७.४ मिटर लामो झोलुङ्गे पुलको समुदघाटन गर्नु भएको हो । समुदघाटन कार्यक्रममा बोल्दै उक्त अवसर प्रदान गरिने धनगढी उपमहानगरपालिका को १७ नम्बर वडा लाई बिशेष धन्यवाद दिनु भयो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा आयोजकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण लाई धन्यवाद दिनु भयो । 
यसै बीच धनगढी उपमहानगरपालिका वडा नं. १६, कैलालीमा श्री बेहडाबाबा माध्यमिक विद्यालय, घसिटाको ८ कोठे भवनको शिलान्यास गर्नु भएको छ । प्रमुख अतिथिका रूपमा परराष्ट मन्त्री आरजु देउवा राणाले समुदघाटन गर्नुभएको हो । मन्त्री राणाले विद्यार्थीहरुको उज्ज्वल भबिस्य कामनागर्दै आयोजकलाई धन्यवाद दिनुभयो। 



