३२ असार २०८३, बिहीबार

मदरसा नुरुल हुदा आधारभूत विद्यालयमा आयोजित एचपीभी ( ह्युमन प्यापिलोमाभाइरस ) खोप अभियान

एसीपी संवाददाता

२७ माघ २०८१, आईतवार १६:०८ मा प्रकाशित

पाल्पा – रामपुर नगरपालिका–४, इस्लामपुरस्थित मदरसा नुरुल हुदा आधारभूत विद्यालयमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सम्पन्न भएको छ । यस अभियान अन्तर्गत कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एचपीभी खोप प्रदान गरिएको हो।

एचपीभी खोपले महिलाहरूमा गर्भाशयको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) र पुरुष तथा महिलामा हुने अन्य एचपीभी सम्बन्धित रोगहरूबाट सुरक्षा प्रदान गर्दछ। यस खोप अभियानले विद्यालयका छात्राहरूलाई भविष्यमा हुन सक्ने यस्ता रोगहरूबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद सलिमका अनुसार, यस खोप अभियानले छात्राहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको छ। विद्यालयमा हाल ८१ छात्र र १३२ छात्रा गरी जम्मा २१३ विद्यार्थी अध्ययनरत छन्। विद्यालयले धार्मिक शिक्षासँगै नेपाल सरकारद्वारा अनिवार्य गरिएका सबै विषयहरूको पठनपाठन गर्दै आएको छ।

यस सफल खोप अभियानका लागि आधारभूत स्वास्थ्य केन्द्र देविस्थान र सम्पूर्ण स्वास्थ्य स्वयंसेवक टिमलाई विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x