३२ असार २०८३, बिहीबार

अन्तर्राष्ट्रिय हिन्दू परिषद्को बैठक: टोली विस्तार र भावी योजनाहरूबारे छलफल

एसीपी संवाददाता

२७ माघ २०८१, आईतवार १६:४२ मा प्रकाशित

उत्तर प्रदेश बहाराईच – बहराइचमा प्रदेश उपाध्यक्ष पारसनाथ सिंहको अध्यक्षतामा अन्तर्राष्ट्रिय हिन्दू परिषद्को बैठक सम्पन्न भएको छ ।  बैठकमा प्रमुख अतिथिका रुपमा राज्यमन्त्री अनिल मिश्रको उपस्थिति रहेको थियो ।  बैठकमा टोली विस्तारका विषयमा विस्तृत छलफल भएको थियो ।  संस्थाका वरिष्ठ पदाधिकारीहरुले आ–आफ्नो धारणा राख्दै आगामी रणनीतिका बारेमा छलफल गरेका थिए । सभाको अन्त्यमा जिल्ला संरक्षक धर्मराज वर्माकी धर्मपत्नीको आत्माको चिरशान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरी श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो ।  संस्थाको आगामी योजना तथा कार्यक्रमलाई मजबुत बनाउन यो बैठक आयोजना गरिएको पत्रकार अरुण कुमार रावले जनाउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x