३२ असार २०८३, बिहीबार

संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

एसीपी संवाददाता

२९ माघ २०८१, मंगलवार १९:०८ मा प्रकाशित

अजय मिश्र, कृष्णनगर, माघ २८

कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा अस्पतालको प्रविधि सहयोगमा संचालित निशुल्क आंखा शिविरबाट ४६८ जना सेवा ग्राही हरू लाभान्वित भएका छन्।

उद्योग वाणिज्य संघ कृष्णनगरको भवनमा संचालित निशुल्क आंखा शिविरबाट २४५ महिला र २२३ जना पुरुषहरु सेवा लिएको संघका कोषाध्यक्ष प्रतिक अग्रवालले जानकारी दिए।

११९ जना मोतियाबिंदका विरामी हरू भेटीएको तथा १९७ भन्दा बढी लाई निशुल्क चश्मा वितरण गरिएको संघका सचिव रिशब अग्रवालले जानकारी दिए।
आज भएको निशुल्क आंखा शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको र मोतियाबिंदको सल्यक्रिया पश्यचात निशुल्क औषधि तथा चश्मा नेशनल अप्टिकलका संचालक तथा उद्योग वाणिज्य संघ कृष्णनगरका वरिष्ठ उपाध्यक्ष नशरूल्ला खाले दिने बताए।

मोतियाबिंदका विरामी लाई निशुल्क बससेवा रहेको तथा माघ ३० र फाल्गुन १ गते छन्द कालेबाबु नारायणी अस्पताल बहादुरगंजमा सल्यक्रिया हुने कुरा अस्पतालका आउटरिच क्वार्डिनेटर हरा भण्डारीले जानकारी दिए।
कार्यक्रममा सेवाग्राहीका लागि निशुल्क फलफूलको व्यवस्थापन गणेश प्लाइउड इण्डस्ट्रीज तथा भन्सार एजेंट गोपाल गोयलले गरेका थिए।

कार्यक्रममा निशुल्क औषधि, निशुल्क चश्मा तथा ४६८ जना सेवाग्राहीहरू लाभान्वित भएको उद्योग वाणिज्य संघ कृष्णनगरको काम सराहनीय रहेको शिविरमा पुगेका युवानेता तथा नेकपा एमाले कपिलवस्तु जिल्ला कमीटी सदस्य कुनाल प्रताप शाहले बताए।

कार्यक्रममा आंखा अस्पताल बहादुरगंजबाट आएका प्रविधिक टोली लाई सम्मान पत्र तथा कोसेली दिदै उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माले निशुल्क आंखा शिविरमा आज सम्पूर्ण टीमको कार्य सराहनीय रहेको बताउदै आगामी दिनमा समेत समाज लाई प्रत्यक्ष फाइदा हुने कार्यक्रम संचालन गरिने समेत प्रतिब्धता जनाए।

कार्यक्रममा विरेन्द्र बहादुर सिंह, उद्योग वाणिज्य संघ कृष्णनगरका सल्लाहकार धन्नजय सिंह, अशोक गुप्ता, युवराज पोख्रेल, गौरवमणी त्रिपाठी, कार्यसमिति सदस्य विरेन्द्र मौर्य, संदिप जयसवाल , गज्जु चौहान, पवन अग्रवाल लगायत संघका कर्मचारी हरू सेवाग्राहीहरू लाई सेवा दिन खटेका थिए।

छन्द कालेबाबु नारायणी अस्पतालका रजनीश श्रीवास्तव लगायत सात जनाको टोली प्रविधिक सहयोगमा जुटेको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x