३२ असार २०८३, बिहीबार

 डा. शेखरको स्वरमा स्वर मिलाउदै गगन

एसीपी संवाददाता

२९ माघ २०८१, मंगलवार २२:२४ मा प्रकाशित

ओम आचार्य
देशको राजनीति  जटिल र अप्ठारो अवस्था
भएको वेला नेपाली काग्रेसको  जन्म भएको हो ! मुलुकमा राणाहरुको जग जगी र पंचायतकालको निरंकुश शाशन पध्दती भएको वेला काग्रेस तरण अवस्थामा पुगेको हो !त्यतिखेर काग्रेस सिगै प्रतिकुल अवस्थामा जनताकोलागी देशको लागी लड्दै आएको हो ! त्यो समय काग्रेसको नेतृत्व कोइराला परिवार बाटै भएको थियो  !
अहिले काग्रेस काग्रेस भित्रै लडदै छ ! आफु आफु लड्दै भिड्दै छन ! गुट उप गुट काग्रेस भित्र छ ! एक ले अर्कालाइ सिध्याउने भाव काग्रेसमा चरम हुदै गएको छ!
काग्रेसमा कोइराला परिवारकले देशको  राजनीति प्रतिकुल अवस्था हुदा राजनीति सुरु गरेको हो र प्रतिकुल राजनीतिक  अवस्थामा राजनीति गर्न अभ्यस्त भइसकेको त्यो परिवारमा  प्रतिकुल लाइ अनुकुलमा परिणत गर्ने क्षमता र शिप अभ्यस्त छ!अहिले संस्थापनले कोइराला परिवार भित्रकै एक नेता  डा. शेखरलाइ यस्तै प्रतिकुलमा अवस्था  सृर्जनागर्ने  र सिध्याउने खेल र रणनीति अपनाएको छ! तर कोइराला परिवार भित्रका यि डा. शेखरलाइ जतिसुक्कै प्रतिकुल अवस्था सृरजना गरे पनि राजनीति नै समाप्त गर्ने रणनीति अख्तियार गरेपनि त्यस्तो प्रतिकुल अवस्थालाइ अनुकुलमा परिणत गर्न सक्ने संस्कार विराशतबाटै बोकेर आएका देखिन्छन !कोशी प्रदेशमा भएको सभापतिहरुको भेलामा पनि शेखरलाइ अनुुपस्थित गराउने प्रपन्च रचे भने उनबाट उद्घघाटित कोशी प्रदेसको पालिका सभापतिहरुको भेलालाइ अबैधानिक सम्म  भन्न संस्थापनले भ्याए ! पोखरमा भएको देशभरिका सभापतिहरुको भेलामा त वोलाउदै वोलाएन!उ लगायत धेरै पदाधिकारी सम्मलाइ बोलाइएन ! अरु पदाधिकारी र केन्द्रिय सदस्यहरुले हामीलाइ किन नबोलाइएको हो भन्ने प्रस्न उठ्दा डा. शेखरलाइ पनि बोलाइएको छैन भन्ने जवाफलाइ संस्थापनले आफ्नो कवच ठानेको हो भने त्यो स्थापनको  दरिद्र सोच हो त्यस्ले  सिगै काग्रेस लाइ क्षति पुक्छ र भोली यस्को भर्पाइ शेखर ले हैन सस्थापनले भर्नु पर्ने हुन्छ!
हुन त यो पहिलो पटक यस्तो भएको हैन यो भन्दा पुर्व जनकपुरमा भएको भेलामा पनि यस्तै भएको थियो ! रामचद्र पौडेलको समयमा यतिसारो यस्तो भएको थिएन अहिले वहा राष्ट्रपति हुनुहुन्छ! जनकपुर र पोखरामा भएको अभिमुखी र प्रशिक्षण कार्यक्रमामा देश भरिका सभापतिहरुको भेलामा काग्रेस एक हुनुपर्छ र एक भएर चौराशीको चुनावमा बहुमत ल्याउनु पर्छ भनेर प्रशिक्षण कार्यक्रममा वोल्दै गर्दा कार्यक्रममै गुट र भेद पुर्ण व्यवहारले सभापतिहरुलाइ दिएको प्रशिक्षणले कस्तो कार्यकर्ताहरु प्रशिक्षित गरिन्दै छ यो संस्थापनले किन सोचेन !
महाअधिवेशन कहिले?
काग्रेसको पन्ध्रो महाअधिवेशन विसयमा त्यही उपस्थित नेताहरुको फरक फरक विचार प्रस्तुत भइरहेको थियो ! संस्थापनका अधिकंश नेताहरुबाट चौराशीको निर्वाचन पछी महाअधिवेशन हुनु पर्ने विचार व्यक्त गरे !उनिहरुको  विचार वर्तमान गठवन्धन सरकारको नेतृत्व काग्रेसले गर्दै चौराशीको निर्वाचन पछी महाअधिवेशन गरौ भन्ने थियो !यसो गर्दा संस्थापनले नै चौराशीको निर्वाचनमा टिकट वितरण गर्दा संस्थापनको वरि परी रहेकाहरुमा केन्द्रित रहने र भोली संसदिय समितिमा आफ्नो बहुत नै हुने र पुन शेर बादुर देउवानै प्रधानमन्त्री वन्न सक्ने वातवरण वनाउने हुन सक्छ!
तर त्यस्ले काग्रेस झन सांगठनिक रुपमा कमजोर र आमजनतामा निराशा र वितृष्णा फैलिन छ!अहिले जनता र राजनीतिक दलका नेता र कार्यकर्ता तिनवटै राजनीतिक दलमा नयाँ अनुहार र नयाँ नेतृत्व खोजिरहेका छन ! संस्थापनले यो कुरा बुजेन भने  जनता र दलका साथिहरुको भावना पढेन भने काग्रेस मात्रै हैन सबै राजनितिक दलको नेतृत्व लिएर वसेकाहरुले आफ्नो दल जोखिमा पार्ने छन ! अरु दलको भन्दा काग्रेस ठुलै जोखिमा पर्ने छ! काग्रेस संकटमा पर्ने छ ! यो संकट र जोखिमबाट तार्ने हो भने निर्धारित मीति र समयमा पन्ध्रो महाअधिवेशन गर्नु काग्रेसकोलागी हितकर हुनेछ!
डा. शेखर र गगन एकै ठाउमा?
काग्रेसको पन्ध्रो महाअधिवेशन कहिले गर्ने भन्ने विसयमा काग्रेस भित्रै मतमतान्तर भइरहेको वेलामा डा. शेखर र गगन को स्वर र विचार यौटै भएर आएको छ! देउवा संग नजिकिन्दै भन्ने आरोप गगन माथि लागिरहेको समयमा संस्थापनले चौराशीको निर्वाचन पछी  महाअधिवेशन गर्ने संस्थापनको  स्वरमा संस्थापन इतरका नेता डा. शेखरको स्वरमा स्वर मिलाउदै गगन उभिनुले सभापतिको उम्मेदवारमा गगन साथ दिदै एक ठाउमा उभिन आइपुग्ने  संकेत हुन सक्छ!
अहिले को कता छ ! अहिले संस्थापन र संस्थापन इतरमा को को छन ! भोली को को कता कता पुक्छन त्यो भन्दापनि काग्रेस हितकोलागी काग्रेस सुध्दीको लागी विधी र प्रकृयाको लागी पुस्तान्तरण र रुपान्तरण गर्न परिमार्जित गर्न को को  छन त्यस्को लागी  कस्ले कस्तो भुमिका निर्वाह गर्दै छन ! कस्ले कस्तो विचार प्रकट गर्दै छन! त्यो महत्वपुर्ण हो चाहे त्यो संस्थापनमै वसेर होस या संस्थापन इतरमै वसेर होस! अहिले गगन संस्थापनमै वसेर यस्तै भुमिका निर्वाह गर्दै छन ! उन्को यो भुमिकाले डा. शेखरले महाधिवेशन कहिले हुनुपर्ने भन्ने विसयमा व्यक्त गरेको विचारमा सहमती जनाउनाले डा. शेखरको विचार बलियो भएर स्थापित हुदै छ!
डा शेखर के भन्छन
महाअधिवेशन निर्धारित मिति र समयमा हुनु पर्ने जोड दिदै आउने नयाँ कार्यसमीतिले चौराशीको निर्वाचनको नेतृत्व लिनु पर्ने वताउछन ! समयमै गरेको  महाअधिवेशनबाट काग्रेसको नेतृत्वमा नयाँ अनुहार आउने र त्यो अनुहार हेर्न आम जनता र नेताहरु हेर्न लालयित रहेका छन ! यसबाट चौराशीको निर्वाचन काग्रेसको लागी निक्कै फलदायि हुने वताउछन !
अव जनता पुरानो अनुहार र नेतृत्वबाट आजित भैसकेको हुदा यस्तो नेतृत्वबाट मुलुकमा कुनै तात्विकअन्तर हुदैन भन्ने सोच छ ! यो कुरा संस्थापनले समयमै धारण गरेर अगाडि बडौ भन्ने डा. शेखरको बुजाइ रहेके छ !
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x