३२ असार २०८३, बिहीबार

उपसभामुखको लापरबाही कि योजनाबद्ध चाल? संसद चलाउने तरिका प्रश्नमा!

एसीपी संवाददाता

३० माघ २०८१, बुधबार १६:०१ मा प्रकाशित

काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा अनौठो दृश्य देखियो। आकस्मिक समय र शून्य समयमा सांसदहरूले बोलिसकेपछि विशेष समय सुरु भइसकेको थियो। तर, विशेष समयमा कांग्रेस सांसद रामकृष्ण यादवले बोलेपछि कांग्रेसकै सांसद रामहरि खतिवडाले थप समय मागे, र उपसभामुख इन्दिरा रानाले उनलाई तुरुन्तै दुई मिनेटको समय दिइन्।

यही निर्णयले संसदको सञ्चालन परम्परालाई चुनौती दियो। नियमअनुसार विशेष समय सुरु भइसकेपछि शून्य समयकै जस्तो अभ्यास दोहोरिनु गलत मानिन्छ। खतिवडाले बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कडा आपत्ति जनाउँदै “यो संसद नियमअनुसार चल्छ कि सरकारको इच्छाअनुसार?” भनेर प्रश्न उठाए।

पराजुलीले संसदको कार्य सञ्चालन नियमावलीअनुसार बैठक नचले नियामपत्ति जनाउन सकिने भन्दै खतिवडालाई दिइएको समयको विरोध गरे। उनले खतिवडाको भनाइ संसदको रेकर्डबाट हटाउन माग गरे। त्यसपछि विपक्षी दलका सांसदहरू आक्रोशित हुँदै आ–आफ्ना आसनबाट उठे। स्थिति नियन्त्रण गर्न सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्‍यो।

मुख्य रूपमा उपसभामुख इन्दिराको असावधानीकै कारण मंगलबारको संसद बैठक अवरुद्ध हुन पुग्यो। सानो त्रुटिले संसदको गरिमा र सञ्चालन प्रक्रियामै विवाद जन्माएको छ। अब संसद बैठकमा नियमको सही पालन हुने कि पुनः सत्ता पक्षको मनपरी दोहोरिने भन्ने प्रश्न उठेको छ। ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x