२२ आश्विन २०८३, बिहीबार

खेताला’खोजेर विरोधमा लगाउने काम सुरुभएको आरोप

एसीपी संवाददाता

२७ मंसिर २०७७, शनिबार ०८:३० मा प्रकाशित

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपाभित्रैका नेताबाट अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन् ।

बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्वर्गीय प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई शनिबार सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेको समेत बताए ।
‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको प्रमाणसहित फेला परेका छन्,’ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने, ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।’ आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो ।

कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्लाअध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबालगायतले स्वर्गीय सिग्देलप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x