३२ असार २०८३, बिहीबार

संसद् भंग गरेर चुनावको तयारी? – माओवादी नेता पुनको चेतावनी कांग्रेसलाई

एसीपी संवाददाता

३ फाल्गुन २०८१, शनिबार २०:२५ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद् विघटनको तयारीमा रहेको गम्भीर आरोप लगाएका छन्।

शनिबार भोजपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीको प्राथमिकता मध्यावधि चुनाव भएको दाबी गर्दै कांग्रेसलाई विशेष सतर्क रहन आग्रह गरे।

“लोकतान्त्रिक प्रणाली र संसद् जस्ता संस्थाहरू ओलीजीलाई मन पर्दैनन्। विगतमा पनि संसद् विघटन गर्नुभएको थियो, तर हामीले सडकबाट असफल पार्यौं। अहिले पनि उहाँले आफ्नो पुरानो कदम सही ठहर गराउन खोजिरहनुभएको छ,” पुनले स्पष्ट पारे।

“संसद् फेरि विघटन गर्ने दुस्साहस हुन सक्छ!” – पुनको चेतावनी

पुनले कांग्रेस नेताहरूलाई विशेष सतर्क रहन आग्रह गर्दै, ओली फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधि चुनावमा धकेल्ने योजनामा रहेको संकेत गरे।

“प्रधानमन्त्री ओली फेरि संसद् विघटनको दुस्साहस गर्न सक्नुहुन्छ, कांग्रेस सचेत रहनुपर्छ,” उनले भने।

पुनको यो अभिव्यक्तिले संसद्को स्थायित्वबारे थप बहस सुरु गर्ने देखिन्छ। अब कांग्रेससहित अन्य दलहरूले यस विषयमा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने चासो बढेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x