२३ आश्विन २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु

एसीपी संवाददाता

२७ मंसिर २०७७, शनिबार ११:१० मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन ८ सय ९९ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार २ सय ४२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख २५ हजार ८ सय ६० पुगेको छ। हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x