शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम सम्पन्न
विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उद्देश्यले शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ । विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरु एकीकृत रुपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु समेत गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंकाे सहयाेगमा बर्दिया जिल्लाको ८ ओटै स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालय भित्रका सबै सुचना यसै प्रणालीमा अपडेट गर्ने र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नियन्त्रण गर्ने गर्दछ । विद्यालयका भौतिक पुर्वाधारदेखि विद्यालय सुधारका कार्यक्रम यसै सूचना प्रणालीको सूचना स्रोत अनुसार कार्यक्रम तय गर्ने गरिएको छ । सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको र धेरैलाई यो सम्बन्धि ज्ञानकाे अभाव रहेकाेले त्यसको समाधान गर्न र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन यश तालिमको आयोजना गरिएकाे शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुर्य बहादुर खत्रिले जानकारी दिनु भयो । प्रमुख खत्रिले सुचना प्रणाली चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अभिलेख आबश्यक पर्ने र बालबालीकाको सिकाइ स्तर बढाउनका लागी जिल्ला स्तरमा शिक्षा संग काम गर्ने साझेदार सस्थाहरु संग मिलेर काम गर्ने प्रयास गरिरहेको बताउनु भयो उहाँले जिल्लामा केहि संख्यामा बालबालीकाहरु बिद्यालय बाहिर रहेको र सबै स्थानिय तहले के कती बालबालीका बिद्यालय बाहिर छन भन्ने तथ्याकं निकाल्नका लागी समेत सामाजिक संघसस्था संगको सहकार्यमा काम गर्न थालेको बताउनु भयो । बिद्यालय बाहिर भन्दा पनि बिद्यालय छाड्ने बालबालीकाहरु बिद्यालयमा देखिएकाले स्थानिय तहले समेत यसको कार्ययोजना बनाउनु पर्ने र यसका लागी शिक्षा बिकास समन्वय इकाई सधै सहकार्य गर्न तयार रहेको बताउनु भयो । २ दिन सम्म संचालन भएकाे तालिमले शैक्षिक सुचना व्यवस्थापनमा थप मद्धत पुग्ने र सम्पुर्ण सुचनाहरु यो प्रणालीमा आएपछि विद्यालयले आगामी योजना निर्माणमा समेत सहयोग पुग्ने बढैयाताल गाँउपालिकाका प्रा.स. बिमला गुरुङले बताउनु भयो ।
IEMIS तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र काे आर्थिक तथा समन्वयमा संचालन भएकाे बाँके युनेस्को क्लवका कार्यक्रम संयाेजक गाेबिन्द प्रसाद लामिछानेले जानकारी दिनु भयो । तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिब जिबन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन शिक्षा तथा मावन श्रोत बिकास केन्द्र सानोठिमी काठमाडौका तथ्यांक अधिकृत शुशिल पौडेलले रहनु भएको राधाकृष्ण जनसेवा केन्द्र बर्दिया अन्र्तगत वालिका सशक्त परियोजना अधिकृत सिमा वलिले जानकारी दिनुभयो ।




