३२ असार २०८३, बिहीबार

बारा जिल्लामा मौलिक पहिचान मेट्ने नामकरण हटाउन माग

एसीपी संवाददाता

५ फाल्गुन २०८१, सोमबार १९:३६ मा प्रकाशित

बारा, ५– राष्ट्रिय एकता अभियान, बाराले हालै बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। संगठनले प्रमुख जिल्ला अधिकारी वसंत अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मौलिक पहिचान मेट्ने नामकरण हटाउन आग्रह गरेको छ। 

संगठनका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार फेटा गाउँपालिका अन्तर्गतको फेटा बजारस्थित “मुस्तफा चौक” र कोलबी नगरपालिका-७ धोधरपा गाउँस्थित “अंसारी चौक” जस्ता नामकरणहरू नेपालको मौलिक परम्परासँग मेल नखाने भएकाले खारेज गरिनुपर्छ।

ज्ञापनपत्रमा नेपालका ऐतिहासिक स्थानहरूको मौलिकता जोगाउन प्रशासनले कडा अनुगमन गर्नुपर्ने र यस्ता गतिविधि पुनः नदोहो¥याउने दीर्घकालीन नीति निर्माण गर्नुपर्ने माग गरिएको छ। नेपाल बहुसांस्कृतिक राष्ट्र भए पनि बाह्य प्रभावका कारण मूल पहिचान मेट्ने कार्य अस्वीकार्य हुने संगठनको भनाइ छ।

राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग शीघ्र आवश्यक निर्णय तथा उचित कारबाहीको माग गर्दै नेपालको सांस्कृतिक पहिचान बचाउन यो कदम आवश्यक रहेको उल्लेख गरेको छ। अध्यक्ष यादवका साथ अभियानका संरक्षक सेवक सौरभनाथ बाबा, बारा, पर्सा प्रभारी राजेश यादव लगायतको टोली प्रमुख जिल्ला अधिकारीको कार्यक्ष पुगी ज्ञापन पत्र बिझाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x