३२ असार २०८३, बिहीबार

नेपाली विद्यार्थी लाई निष्कासन गरेको भन्दै , भारतिय शिक्षक पक्राउ

एसीपी संवाददाता

७ फाल्गुन २०८१, बुधबार १३:३८ मा प्रकाशित

फेब्रुअरी १८ मा पक्राउ पर्ने तीन जना केआईआईटीका निर्देशक शिवानन्द मिश्रा, प्रताप चम्पती र सुधीर रथ, दुई सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरा। तस्बिर : दैनिक भाष्कर।

काठमाडौं : ओडिशाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ।

मंगलबार विश्वविद्यालयका एकजना भारतीय विद्यार्थी, तीन निर्देशक र  दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको दैनिक भास्करमा उल्लेख छ।

यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त-सह-सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको जनाइएको छ।

फेब्रुअरी १६ को साँझ बीटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीको मृत्युलाई लिएर कलेजका नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय विद्यार्थीले उनलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका छन्। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरू विरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले विश्वविद्यालयले यो विषयलाई दबाउन खोजेको पनि आरोप लगाएका छन्।

मृतक विद्यार्थीको काकाको छोराको उजुरीको आधारमा प्रहरीले आरोपी भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

भारतीय सरकारले गठन गरेको समितिको प्रतिवेदन अनुसार कानुनी र प्रशासनिक कारबाही गरिने भनिएको छ। विद्यार्थीविरुद्ध भएको बल प्रयोग र दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको जनाइएको छ। घटनाका जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गरिने जनाइएको छ। अन्नपूर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x