१४ आश्विन २०८३, बुधबार

नेपाल भरी ३ सय ३ जना आईसियुमा

एसीपी संवाददाता

२७ मंसिर २०७७, शनिबार १५:५८ मा प्रकाशित

देशभर हाल ३ सय ३ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। २ सय ६२ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३३ आईसीयू र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आईसीयू र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा ७० आईसीयू र १२ भेन्टिलेटरमा छन्।

गण्डकीमा ९१ आईसीयू र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ आईसीयू र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आईसीयू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार आईसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ६० थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x