३२ असार २०८३, बिहीबार

प्रकृति लम्सालको नाममा केआईआईटीले छात्रवृत्ति कोष स्थापना गर्ने

एसीपी संवाददाता

८ फाल्गुन २०८१, बिहीबार १७:३८ मा प्रकाशित

भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । बुटवलकी उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको बुधबार राति नेपालमा शव ल्याई दाहसंस्कार गरिएको छ ।

केआईआईटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी हुन् । केआईआईटी नेतृत्वले प्रकृतिका बुबा सुनिल लम्साल र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको बताइएको छ ।

प्रकृतिको न्यायका लागि नेपालीसहित भारतीय विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि केआईआईटी कलेज झुक्न बाध्य भएको हो । प्रकृतिको शव फेला परेपछि न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि अपमानपूर्वक दमन गरिएको थियो ।

केआईआईटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तीको बारेमा कुराकानी गरेकी छिन् ।

बुधबार कलेज प्रशासनले नेपाली विद्यार्थीका आफन्तहरुसँग जुम मिटिङ गरेको थियो । त्यसपछि नेपाल आइपुगेका र भारतकै विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् ।

बुधबार साँझसम्म एक सय नेपाली विद्यार्थी मात्र होस्टलमा थिए । कलेजको होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएका थिए । हाम्रोकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x